जन आकाश
काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका-२ स्थित श्री प्रजा आधारभूत विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म अध्यनरत चेपाङ बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरीका सामान वितरण गरिएको छ ।
नेपाल मोबाईल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष तथा नेक्सेस मोबाईल होमका अध्यक्ष सुरेश प्रसाई “सोभित”को अगुवाईमा पुष २१ गते विद्यालयको प्राङ्गणमा १०१ जना विद्यार्थीहरुलाई न्यानो कपडा ट्रयाकसुट, उलनको टोपी र कापी कलमहरु वितरण गरिएको हो ।
जोन चेयरपर्सन प्रसाईको अध्यक्षतामा तथा डिस्ट्रिक्ट गभर्नर लायन कर्म गुरुङको प्रमुख आतिथ्यमा १६ वटा डिस्ट्रिक्ट 325 ‘E’ का लायन्स क्लवहरुले उक्त न्यानो कपडा र कापी कलमहरु चेपाङ बालबालिकाहरुलाई बितरण गरिएको हो ।
वितरण कार्यक्रममा बोल्दै नेक्सेस मोबाईल होमका अध्यक्ष प्रसाईले नेपालमा चेपाङ जातिहरु एकदमै पिछिडिएका र शिक्षाको अभावले चेपाङ बालबालिकाले लुगा पनि लगाउन नपाउने स्थिति भएको सुनेर आफुले गर्न सक्ने सहयोग गरेको बताउँदै आगामी दिनमा पनि अन्य ठाउँमा पनि यस्तै साथ र सहयोग रहने बताए ।
चिसोमा कठ्याङ्ग्रिदो जाडोमा न्यानो कपडा र कापी कलम सहयोग गरेकामा रोराङ गाउँपालिकाका जनप्रतिनिधि र शिक्षक शिक्षिका कमला विक, अनिता तामाङ, मञ्जु श्रेष्ठ र सोख बहादुर मगरले सहयोगीलाई आगामी दिनमा पनि यस्तै सहयोगको आपेक्षा राख्दै धन्यावाद व्यक्त गरे ।
चिसोमा कठ्याङ्ग्रियर विद्यालयमा अध्यय गर्न कठिनाई भईरहेको बेला चेपाङ बालबालिकाले न्यानो कपडा र कापी कलम पाएपछि खुसी भएका छन् ।
न्यानो कपडा विरण कार्यक्रममा कर्म गुरुङ, अनन्त प्रसाद भेटुवाल, हरि दाहाल, श्याम कुमार यादव, विमल कुमार श्रेष्ठ, दिपेन्द्र सिंखडा, सूर्य कुमार दाहाल, उर्मिला घिमिरे ढुंगेल, मञ्जु प्रसाई, रेखा गिरी, दीपक ढुंगाना, अनन्त प्रसाद घिमिरे, प्रदीप तिमल्सिना र अमृत सिलवालको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend