logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

दोस्रो राष्ट्रिय धरोहर सम्मान ज्ञानमणी नेपाललाई


  • जन आकाश
  • आइतबार, पुष २४ २०७९

काठमाण्डौ । दशौ राष्ट्रिय पोशाक दिवसको दिन पारेर इतिहासविद् तथा संस्कृतिका ज्ञाता ज्ञानमणी नेपाललाई राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले दोस्रो राष्ट्रिय धरोहर सम्मान–२०७९ले विभुषीत गरेको छ। विगत एक दशकदेखी नेपालको औपचारिक राष्ट्रिय पोशाक हुनुपर्ने माग राख्दै सडकमा साँस्कृतिक आन्दोलन गर्दै जनसमुदायमा जागरण गराउँदै आएको प्रतिष्ठानले गत पौष १७ गते अर्थात विदेशी नयाँ बर्षको दिन पोशाक दिवसको अवसरमा जिवनकाल भरि राष्ट्रको इतिहास, सम्पदा,संस्कृति र मौलिकताको संरक्षणमा उल्लेख्य योगदान पु¥यानुहुने विशिष्ठ ब्यक्तित्वलाई धरोहर सम्मानले सम्मानित गर्ने र पहिलो राष्ट्रिय धरोहर सम्मान–२०७८ले इतिहासविद् स्व. सत्यमोहन जोशीलाई विभुषीत गरिएको प्रतिष्ठानका संस्थापक तथा पोशाक दिवसका अभियान्ता राजानन्द माण्डव्यले बताउनुभयो ।



विदेशी पर्व,दिवसको नेपालका परेको नकारात्मक प्रभाव कम गर्न विदेशी नयाँ बर्षको दिन नेपालका राष्ट्रिय पोशाक तथा सामाजिक संजालमा टोपी दिवस मनाईन्छ। विश्वभरि छरिएर रहेका नेपालीहरुले सोही दिन आफ्नो मौलिक पहिचान र राष्ट्रिय पहिचान बोकेको साँस्कृतिक पोशाक लगाएर सन् नयाँ बर्ष मनाउने गर्दछन। कार्यक्रम वसन्तपुरमा अभियान्ता जम्मा भएर पञ्चेबाजा, खैजडी भजनका साथमा सद्भाव ¥याली मनाउदै नेपाल पर्यटन बोर्डको सभाहलमा औपचारिक कार्यक्रम गरि सम्पन्न गरियो ।

कार्यक्रममा पूर्वसभामुख सुवास चन्द्र नेम्वाङ,प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया,पूर्वमन्त्री शंकर भण्डारी,राष्ट्रिय महिला आयोगकी अध्यक्ष कृष्णकुमारी खतिवडा,दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा लगायतले नेपालको औपचारिक राष्ट्रिय पोशाक हुनुपर्ने विषयमा जोड दिनुभयो। अभियानकै अग्रसरता र प्रयासमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल– प्रचण्डले प्रधानमन्त्रीको सपथ ग्रहणमा राष्ट्रिय पोशाक दौरासुरुवाल,टोपी लगाएर गर्नुभयो ।

अभियानले सरकारका विभिन्न संबैधानिक निकाय, आयोग, मन्त्रालय, संसद सचिवालयमा औपचारिक पोशाक अविलम्व हुनुपर्ने माग राख्दै विभिन्न समयमा ध्यानाकर्षण गराउँदै आएको माण्डव्यले बताउनुभयो। प्रतिष्ठानले हरेक बर्ष सम्मान कार्यक्रमलाई अगाडी बढाउदै लाने र हाललाई आर्थिक रकम एघार हजार एक सय एघार राखेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend