logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आइएमई पे र डेली ग्रोसरीवीच सम्झौता


  • जन आकाश
  • आइतबार, पुष २४ २०७९

 



काठमाडौँ । आइएमई पे र डेली ग्रोसरी सुपरमार्केट वीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १०% छुट (एकपटकमा अधिक्तम रू. २०० सम्म) प्राप्त गर्न सक्नुहुनेछ ।

यो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने शर्त कम्पनीले खुलाएको छ । ग्राहकहरुले यस अफर अवधीभरी काठमाडौं उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा यो अफरको साथै निःशुल्क आइएमई पेको भिसा कार्ड लिन पनि सक्नुहुन्छ ।

आइएमई पे नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ् यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend