जन आकाश
काठमाडौ । बहुराष्ट्रिय कम्पनीवाट सञ्चालन भएको नेपालमा रङको उत्पादन वितरण गरिरहेको यसियन पेट्सले म्याद नाघेका रङगको वट्टामा नयाँ लेवलिङ गरेर बेच्ने गरेको जानकारी प्राप्त भएको छ । गएको बर्षहरुमा नै समय गुग्रीसकेका रङका वट्टाहरुमा पुरानो लेवल उम्कायर नयाँ लेवल लगाई ग्रहकलाई गुणस्तरहीन सामान बिक्री गरेर ठगि गरिहेको जानकारी प्राप्त भएको छ ।
यो भन्दा अगाडी पनि कार्तिक १९ गते बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा छापा मार्दै जादा यसियन पेन्ट्सको काठमाडौंको सतुंगल र ललितपुरको बालकुमारीस्थित गोदाममा राखिएका करिब एक करोड २० लाख रुपैयाँ मूल्य बराबरका रङ विभागले पाँचवटा गाडीमा राखेर बबरमहलस्थित कार्यालयमा ल्याएको थियो ।
गोदाममा आठ हजार बट्टा रङग म्याद नाघेका भेटिएको थियो । उक्त म्याद नाघेका वट्टाहरुलाई विभागले नियन्त्रणमा लियर ०७५ ऐन अन्र्तगत कारवाही पनि गरेको थियो ।
उक्त वट्टाहरु प्रक्रिया पु¥यायर नष्ट गर्न नपाउदै पुनः अरु पनि धेरै म्याद नाघेका टिनका वट्टाका पुरानो लेवल उप्कायर नयाँ लेवल लगाउने काम गोप्य रुपमा भईरहेको त्यस यसियन पेन्ट्समा कार्यरत कर्मचरीले नाम नवताउने सर्तमा जानकारी गराएका हुन् ।
यसरी अवैद्य रुपमा कारोवर गरिरहेको र नेपाली उपभोक्तालाई ठगिगरिरहेको यसियन पेन्ट्सले नेपाली उपभोक्ताहरुलाई गुणस्तरहीन सामान बिक्री गरिहेको सूचना प्रप्त आईरहेको हुनाले बाणिज्य विभागले अझै राम्रोसँग अनुगमन गरी यसियन पेन्ट्सलाई निगारानीमा राख्न्नु पर्ने देखिन्छ । यसरी निगरानी गदैगर्दा पनि नेपालको कानुनलाई मिचेर उपभोक्तालाई छक्याएर ठगी गर्नेm, गैर कानुनी काम गर्ने यसियन पेन्ट प्रा.लि.लाई कानुनी कठघरमा उभ्याएर हदैसम्मको कारवाही हुनुपर्ने देखिन्छ । सम्बन्धित निकायको ध्यान पुगोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend