logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सि.बि.आई.एल.क्यापिटलको अध्यक्ष नियुक्त


  • जन आकाश
  • सोमबार, पुष २५ २०७९

 



काठमाडौ ।  सि.बि.आई.एल.क्यापिटल प्रा. लिका संचालकहरुको पदअवधि समाप्त भई, संस्थाको विशेष साधारण सभाबाट नियुक्त हुनुभएका संचालकहरु मध्येबाट मुख्य कम्पनी  सिटिजन्स बैंक ईन्टरनेशनल प्रा . लिको तर्फवाट मनोनित भई संस्थाको संचालक सदस्य रहनुभएका पारस कुमार काफ्ले अध्यक्ष पदमा मिति २०७९/०९/२४ गते बसेको १०५ औं संचालक समितिको बैठकले यस संस्थाको अध्यक्षमा नियुक्ति गरेको छ ।

उक्त बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनल प्रा. लि तर्फबाट अन्य संचालकहरु राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट  सुवास खड्काका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर  श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईटेलको उपस्थिति रहेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको प्रर्वद्धन, धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक ,लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूति कर्ता (अण्डर राइटर) शेयर रजिष्ट्रार तथा डिम्याट खाता जस्ता लगानी कर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सि.बि.आई.एल.क्यापिटल प्रा. लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा  कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुले घरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

काठमाडौं बाहिरका लगानी कर्ताहरुले पूँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानी कर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवि व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend