logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

दाहाललाई विश्वासको मत दिने नेपालको संकेत


  • जन आकाश
  • सोमबार, पुष २५ २०७९

 



काठमाडौँ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने संकेत गरेका छन् । संसदको पहिलो बैठकमा सम्बोधन गर्दै छिटोछिटो सरकार परिवर्तन होस भन्ने पक्षमा पार्टी नभएको बताएका छन् ।

भोलि त विश्वासको मत लिनु छ । यो कार्यकाल कति दिनको भन्ने आउला, तपाईंहरुको बहुमत संख्या पुगिसकेको छ । सबैले यो देशमा राजनीतिक स्थायीत्वको अपेक्षा पनि गरेका छन् । नेपालले भने हामी चाहादैनौं छिनछिनमा सरकारहरु परिवर्तन होस । विगतको अनुभवहरुले हामीलाई केही शिक्षा दिएको छ । विगतको शिक्षाबाट राम्रो ढंगले शिक्षा ग्रहण गरेर अघि बढ्न सक्नु पर्छ ।

अध्यक्ष नेपालले दाहाललाई प्रधानमन्त्री बनेकोमा शुभकामना दिँदै बोली र व्यवहारमा समान्जस्यता हुनुपर्ने पनि बताए ।

नवनियुक्त हुनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई म शुभकामना दिन चाहान्छु । उहाँले केही गरेर देखाउने, नयाँ ढंगले अघि बढ्ने, नमूना काम गर्ने, सबै क्षेत्रमा सुधार देखाउने बताउनु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend