logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

यो गठबन्धन प्रतिगमनको पक्षमा छैन


  • जन आकाश
  • सोमबार, पुष २५ २०७९

 



काठमाडौँ । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्तारुढ गठबन्धन प्रतिगमनको पक्षमा नरहेको बताएका छन् । आफू प्रधानमन्त्री भएको बेला दुई(दुई पटक प्रतिनिधिसभा विघटन गरेका ओलीले त्यो काम सही भएको जिकिर गरेका थिए ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा ओलीले प्रतिनिधिसभा विघटन प्रतिगमन नभएको जिकिर गर्दै भने नेपालमा बडो हल्ला चलाइयो, प्रतिनिधिसभा विघटन भनेको प्रतिगमन हो।

मौका अनुसारका व्याख्या यति धेरै भएको भन्दै उनले भने प्रतिनिधिसभा भंग हुनु प्रतिगमन होइन । जनताका अधिकार खोसिनु प्रतिगमन हो । जनताको अभिमतका लागि जनतामा जानु र सार्वभौम सत्ताबाट आदेश प्राप्त गर्नु प्रतिगमन होइन । संसद्‌बाट सरकार बन्नु, संसद्‌बाट सरकार ढल्नु प्रतिगमन होइन । अन्यत्रबाट सरकार ढाल्ने गरियो भने त्यो प्रतिगमन हो । अहिलेको गठबन्धन प्रतिगमनमको पक्षमा छैन । सरकार बनाउने र कुनठाउँबाट सरकार बनाउनेमा जानु हुँदैन ।

वर्तमान सत्ता समीकरण राष्ट्रियताको पक्षमा जाने ओलीले बताए । उनले राजनीतिक दलहरूलाई सुशासन र भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्ने बताए । सरकारले तत्काल जनताको पक्षमा लाग्नुपर्ने र सस्तो प्रचारमा लाग्न नहुने उनको भनाइ थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend