logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

प्रधानमन्त्रीले आज संसदमा विश्वासको मत लिँदै


  • जन आकाश
  • मंगलबार, पुष २६ २०७९

काठमाडौं । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत मत लिँदैछन् ।



 

एमालेसहितको समर्थनमा प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गरेपछि भण्डारीले संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

 

संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।

 

प्रतिनिधिसभामा २७५ सांसद रहेकोमा बहुमतका लागि १३८ सांसद चाहिन्छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई मत दिने वा नदिने भन्ने विषयमा भने यकिन छैन । प्रतिनिधिसभामा पहिलो दल बनेको कांग्रेसका ८९ सांसद छन् ।

 

दोस्रो दल बनेको एमालेले तेस्रो दलका नेता दाहाललाई प्रधानमन्त्री बनाएको छ । दोस्रो बनेको एमालेसँग ७८ सांसद निर्वाचित भएर आएका छन् । त्यसमा स्वतन्त्र जितेर आएका किरण साह पनि थपिएका छन् ।

 

सरकारको नेतृत्व गरिरहेको माओवादीका ३२ सांसद छन् । पहिलो पटक नै निर्वाचनमा सहभागी भएर चौथो बनेको रास्वपाका २० सांसद छन् । राप्रपाका १४ सांसद छन् । जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, नागरिक उन्मुक्तिका ४, नेमकिपा र जनमोर्चाका १(१ सांसद छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend