जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदमा जुहारी चलेको छ ।
विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव माथि भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले प्रतिनिधि सभा विघटन गर्न सकिने ओलीको अभिव्यक्ति प्रति ध्यानआकर्षण भएको बताएका थिए । अहिले संविधानको रक्षा नै चुनौती बनेको उनले बताए ।
लगतै सम्बोधन गरेका ओलीले देउवालाई मौका अनुसार व्याख्या नगर्न आग्रह गरेका छन् । गुरुजी २०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन उनले भने मेरा मित्रलाई म सोध्न चाहन्छु ।यहाँले होइन संसद विघटन गरेको ।
देउवाले संसद विघटन २०५९ जेठ ८ गते गरेका थिए । देउवाले विघटन गरेको मितिमा भने ओली झुक्किएका छन् । त्यसबेला ०४७ को संविधानको प्रावधानमा टेकेर विघटन गरे पनि देउवा तोकिएको समयमा चुनाव गराउन नसकेकोमा आलोचित मात्रै बनेनन । तत्कालीन राजा ज्ञानेन्द्रले उनैलाई हटाएर कुरा गरे । हालको संविधानमा भने सामान्य अवस्था छँदा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था छैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend