logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पिरो चाउचाउको सेवन स्वास्थ्यलाई हानि


  • जन आकाश
  • बुधबार, पुष २७ २०७९

 



काठमाडौ । खासमा त चाउचाउलाई खासै स्वस्थकर खानेकुरा मानिंदैन । यसले पेटमा नकारात्मक असर पुर्‍याउँछ । चाउचाउ जंकफुड हो । जसमा ‘मोनोसोडियम ,ग्लुटामेट हुन्छ ।

मोनोसोडियम ग्लुटामेटको प्रयोग स्वाद बढाउने पदार्थको रूपमा प्रयोग गरिन्छ । जसले सम्पूर्ण पाचनप्रणालीलाई नै बिगार्छ । यसले ग्यास्ट्रिक बढाउने, डायरिया गराउने र कब्जियत गराउने पाचनप्रणालीको तीनवटा कुरामा यसले असर गर्ने पेट तथा कलेजो रोग विशेषज्ञ डा. भण्डारी बताउँछन् ।

‘सामान्यतया जब हामी केही खानेकुरा खान्छौं । त्यो खानेकुरा पाचन प्रणालीमा जान्छ र त्यहाँ त्यो खाना टुक्रिएर शरीरलाई चाहिने पोषक तत्त्व छुटिन्छन् । उनी भन्छन् तर चाउचाउ खाएपछि त्यो पाचन प्रणालीमा जम्मा हुन्छ ।सजिलै पच्दैन । चाउचाउमा शरीरलाई चाहिने पोषक तत्त्व पनि हुँदैन ।

पिरो चाउचाउ खाँदा त्यसमा भएको पिरोले असर गर्‍यो भन्ने धेरैले भनेको सुनिन्छ । पिरोले मात्र असर गर्ने भए त अकबरे खुर्सानी खाँदा पनि असर गर्नुपर्ने हो । डा. भण्डारी भन्छन्, । ‘खासमा पिरोले मात्र भन्दा पनि चाउचाउमा प्रयोग हुने सामग्री मैदा, मोनोसोडियम ग्लुटामेट लगायतले असर गर्ने हो । पेट पोल्ने समस्या भने पिरोले मात्र पनि गर्छ

पिरो चाउचाउको सेवन गर्दा पेटमा एसिड बढी निस्कन्छ । र ग्यास्ट्रिकको समस्या हुने, आन्द्रामा घाउ हुने, कब्जियत हुने जस्ता समस्या देखिने उनी बताउँछन् । चाउचाउमा क्यालोरी बढी हुन्छ । जसले मधुमेह, मोटोपनको समस्या बढ्न सक्छ । मधुमेह, मुटुरोग र पेटसम्बन्धी समस्या भएका व्यक्तिले चाउचाउ नखाएकै राम्रो हुने विशेषज्ञ डा भण्डारी .बताउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend