logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

अल स्टेटको प्रथम बार्षिक उत्सब सम्पन्न


  • जन आकाश
  • बुधबार, पुष २७ २०७९

 



काठमाडौ । नातिबाबु भट्ट अमेरिका कोलोराडो नेपाली समुदायमा चिर परिचित समाज सेवी सुनिल पाठक  एजेन्सीद्वारा सञ्चालित अल स्टेट इन्सुरेन्सको प्रथम  बार्षिक उत्सब कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

कोलोराडो स्थित शहरहरू ब्राइटन, बोल्डर, लङमण्ट, ब्रुमफिल, वेष्टमिनिष्टरका मेयर, नेपालका लागि पूर्व अमेरिकी राजदुत स्कट डेलेसि, हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ लगायतका बिशेष अतिथीहरूको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

एजेन्सीका सञ्चालक तथा कार्यक्रम आयोजक सुनिल पाठकले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै आफूलाई यहाँ सम्म ल्याउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने
सबैलाइ धन्यवाद दिनुभएको थियो । त्यसै गरी पूर्व राजदुत र मेयरहरूले पनि नेपालबारे आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा कोलोराडोमा रहेका बिभिन्न संघ संस्थाका पदाधिकारी समाजसेवी, ब्यवसायी, कलाकार, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिती थियो ।कार्यक्रममा आयोजक सुनिल पाठक र बिशेष अतिथिहरू द्वारा संयुक्त रुपमा समारोहमा उपस्थित सम्पूर्ण अतिथी, संघ संस्थाका प्रतिनिधि, कलाकार, पत्रकार, नेपालीद्वारा खोलिएको बिभिन्न एजेन्सीका सञ्चालक तथा एजेन्सीलाई सहयोग पुर्‍याउने व्यक्तित्व  हरूलाई खादा माला लगाएर मायाको चिनो प्रदान गरी सम्मान समेत गर्नु भएको थियो ।

कार्यक्रमलाइ थप मनोरञ्जन प्रदान गर्न हास्य कलाकार तथा जादुगर महादेव त्रिपाठीको लाखेनाच, जादु र कमेडी डान्स  लागायत स्थानीय कलाकारहरूको नेपाली कला संस्कृति झल्काउने नृत्य तथा लाइभ ब्याण्डको बेजोड प्रस्तुति थियो ।

कार्यक्रममा राफल चिट्ठा, पभावकारी सांस्कृतिक समारोह जस्ता बिभिन्न माध्यमबाट २० हजार डलर भन्दा बढी आर्थिक संकलन भएको बताईको छ। उक्त संकलित रकम नेपालमा रहेका बिभिन्न सेवा मुलक संस्थाहरूलाई प्रदान गरिने कार्यक्रमका संयोजक अभिनेता नवराज श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार ब्यबसायिक तथा सामाजिक कार्यलाई प्रत्यक्ष लाभ हुने गरी यस्ता कार्यक्रमहरू हरेक बर्ष आयोजना गरिदै जाने लक्ष्य छ ।

यस्ता कार्यक्रमहरू बाट संकलित रकमले नेपालमा रहेका अनाथ, असाहाय, दुखि पिडितहरूलाई सहयोग पाउँदा र उनीहरूको दुःख पिडामा राहतको मल्हम भर्न पाउँदा आत्मा सन्तुष्टि मिल्ने अल स्टेटका सञ्चालक सुनिल पाठक बताउनुहुन्छ । निशा पाठकद्वारा सञ्चालित कायर्क्रममा नेपाल र नेपालीहरूको पहिचान झल्कने बिभिन्न वृत चित्रहरू प्रर्दशन गरी स्थानीय सहभागी हरूलाइ नेपाली भाषा कला संस्कृतिबारे जानकारी समेत गराईएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend