logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कैलालीमा पेस्तोल सहित २ जना पक्राउ


  • जन आकाश
  • बिहिबार, पुष २८ २०७९

 



काठमाडौ । धनगढी । कैलालीमा पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका ९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवाको घरबाट पेस्तोल सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले देउवा र गौरीगंगा नगरपालिका ४ राजीपुरका ३५ वर्षीय नरेन्द्र खडायतलाई पक्राउ गरिएको छ । उनका अनुसार विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पेस्तोल सहित उनीहरूलाई पक्राउ गरेको हो ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend