जन आकाश
काठमाडौ । लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भयो । साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।
साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखा परिक्षकको नियुक्ति समेत गरेको छ । २०७८/७९ मा रु १३९ अर्ब निक्षेप र रु १३२ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु १७३ अर्ब रहेको छ । सो अवसरमा बैंकले १ अर्ब ५१ करोड लरुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend