logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

काठमाडौंको शंखरापुरमा प्रहरीले बल प्रयोग गर्दा वडा सदस्यको हात भाँचियो ?


  • जन आकाश
  • बिहिबार, पुष २८ २०७९

 



काठमाडौं । काठमाडौंको शंखरापुरमा सब स्टेसन निर्माणका विषयमा प्रहरीसँग विवाद हुँदा वडा सदस्य घाईते भएका छन् । काठमाडौंको शंखरापुर नगरपालिका – ३ का वडा सदस्य विजय लामा घाईते भएका हुन् । प्रहरी सँगको झडपमा आज बिहीबार उनको हात भाँचिएको छ ।

प्रहरीले अरु तीन जनालाई पक्राउ समेत गरेको छ । सब स्टेशन निर्माणको विरोधमा १२ दिन देखि शंखरापुर–३ आन्दोलित छ । गाउँलेले आफ्नो गाउँमा सब स्टेशन निर्माण गर्न नहुने माग राखेका छन् । आज बिहीबार प्रहरीको सहयोगमा नेपाल विद्युत प्राधिकरणले सब स्टेशन निर्माण सुरु गरेको छ ।

आफूहरुको अनुमति बेगर सब स्टेशन निर्माणका लागि प्रहरी परिचालन गरिएको भन्दै स्थानीय बासिन्दाले राष्ट्रिय मानव अधिकार आयोगमा यस अगाडि नै उजुरी पनि दिएका छन् । शंखरापुर नगरपालिका– ३ मा पर्ने बोझनीको करिब २ सय रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सब स्टेशनले आफ्नो उठिबास लाग्ने भन्दै स्थानीय बासिन्दाले विरोध गरिरहेका छन् । ०७४ देखि नै सुरु भएको यो आयोजनाको स्थानीय बासीले सुरुवात देखि नै विरोध गर्दै आईरहेका छन् ।

४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्ने भनिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली काठमाडौं उपत्यका तथा देशका अन्य क्षेत्रमा पठाउन शंखरापुरको बोझनीमा विद्युत् प्रसारण आयोजनाले सब स्टेसन निर्माण गर्न लागिएको प्राधिकरण बताउँछ ।

यो सब स्टेसनले माथिल्लो तामाकोशी सँगै एम सीसीले निर्माण गर्ने प्रसारण लाइन र भक्तपुरको खरिपाटी स्थित वितरण केन्द्रलाई जोड्ने छ । बोझनी बस्तीको बीचमा निर्माण गर्न लागिएको यो सब–स्टेसनमा तीन तिरबाट ४ सय किलो भोल्ट केभी क्षमताका ‘हाई भोल्टेज’ प्रसारण लाइन विस्तार हुने छ । आफूहरुलाई झुक्याएर जग्गा अधिग्रहण गरेको, मानव बस्तीको बिचमा सब स्टेशन निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend