जन आकाश
काठमाडौ । नेपालका शहरहरुमा कुनैवेला गुन्डागर्दी भन्ने हुन्थ्यो त्यतिवेला टोल–टोलमा व्यवसायीहरुलाई धम्कायर नै पैशा माग्ने नदिए समूहमा आएका त्यस्ता समुहले व्यवसायीलाई कुटपिट गर्ने जस्ता काम हुन्थे व्यवसायीहरु डराएर ति गुन्डागर्दी गर्ने समुहलाई आफुले खाई नखाई कमाएको पैशा डराएर दिने गर्दथे । त्यतिवेला काठमाडौ उपत्यकाका प्रहरी प्रभागहरुलाई गुन्डागर्दी नियन्त्रण नै ठुलो चुनौतिको विषय बनेको हुन्थ्यो । प्रहरी प्रभाग र काठमाडौ परिसरमा प्रहरी प्रमुख फेरिने वित्तिक्कै ति नयाँ जिम्मेवारी सम्माल्न आउने प्रहरी प्रमुखहरुको शव्दमा नै गुन्डागर्दी तह लगाउछु भन्ने अभिव्यक्ति पहिलो हुन्थ्यो । तर गुन्डागर्दी नियन्त्रण हुदैन थियो । किनकी त्याहा त्यस्ता गुन्डागर्दी गर्नेहरुको सरक्षक सायद त्यतिवेलाको सरकारमा रहेको पार्टीका केही नेताहरुको अप्रत्यक्ष साथ भएको हुनुपर्छ । जव माओवादी जनयुद्धले गाउँगाउँवाट शहर घेर्दै आयो त्यतिवेला काठमाडौ उपत्यकामा रहेका गुन्डाहरुलाई तह लगाउन माओवादी शान्ति प्रक्रियामा आएपछि कतिपय टोले गुन्डाहरुलाई माओवादीको भातृ संगठन आईसिएलले कारवाही गरेर गुन्डाहरुलाई बन्धक बनायर अन्य ठुला गुन्डाहरुलई निरुत्सहित बनाएको घटनाहरु पनि छन् ।
तर विडम्बना माओवादी शान्ति प्रक्रियामा आएपछि आफ्ना कार्यकर्ता राम्रोसँग व्यवस्थापन गर्न नसक्दा कतिपय माओवादीका कार्यकर्ता नै पछि यस्ता समुहले माओवादीले युद्धकालमा सिकाएको युद्धकलालाई तिनै गुन्डा नाइकेहरुले ति माओवादी जनयुद्धमा लागेका तर शहरमा अभावग्रस्त बन्न पुगेका कार्यकर्तालाई दुरुपयोग गर्न पुगे । यस्तो समस्या बढ्न थालेपछि नेपाल प्रहरीले नयाँ अप्रेशन चलायो त्यही नयाँ अप्रेशनमा काठमाडौमा बढी चर्चामा आईहरने,दिनेश अधिकारी (चरी),घैटे,लाई इन्काउन्टर नै गरयो अर्को देशभरी सञ्जालनै बनायर काम गर्ने मिलन चक्रे, दिपक मनागेलाई त्यही समयमा नेपाल प्रहरीले नियन्त्रण गरेको थियो । उनिहरु जेलमा बसेपनि सञ्जाल चलाई राखेका थिए । उनिहरु बालुवा खानी, त्रसर उद्योग, रेष्टुरेन्टहरुमा मार्षिक पैशा असुली, ठुला व्यापारीहरुलाई धम्कायर पैशा असुली,सरकारी ठेक्का,नयाँ अपार्टमेन्ट वा उनिहरुको पकेट एरियामा व्यवसाय कसैले खोलेको खण्डमा केही प्रतिशत शेयर दिनुपर्ने, ठेक्का पट्टामा टेन्डर खोल्दा प्रयोग हुने सम्मका काममा कमिशनको खेलमा ठुला ठेकदार भनिएकाहरुले नै यस्ता गुन्डालाई प्रयोग गर्ने गर्दथे ठेकेदारहरुले यिनै गुन्डा नाइकेहरुलाई प्रयोग गरेबापत पैशा दिने गर्दथे यस्तै यस्तै उनिहरुको आयस्रोत हुने गर्दथ्यो । यस्तै गुन्डाहरुको सञ्जाललाई समयमा नै नियन्त्रण गर्न नसक्दा निर्माण व्यवस्यी तथा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या यस्तै गुन्डाहरुवाट भएको थियो ।
तर जव गुन्डागर्दी गर्ने नाइकेहरुलाई प्रहरीले कतिपयलाई स्पोटमा नै इन्काउन्टर गरेर कतिपयलाई जेलको पर्खालभित्र पु¥याएपछि गणतन्त्र स्थापना पछि समुहगतमा देखिने गरी गुन्डागर्दी नगरेपनि देशमा कोभिडले थलिएको अर्थतन्त्रपछि बिस्तारै अर्थतन्त्रमा आउन लागेको आशामा बसेका व्यवसायीहरु तग्रिन नपाउदै तिनै गुन्डा नाईकेहरुले जथाभावी पैशा असुल गर्दा उठ्न लागेको अर्थतन्त्रलाई निरुसाहित पारिराखेका छन् । अहिले महानगरपालिकाले उठाउनुपर्ने फोहोर उठाउने नाममा गुन्डागर्दीका नाइकेहरुले अगाडी फ्रन्टमा अरुनै केटाहरुलाई परिचालन गरी काम लगाईराखेका छन् । फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिको हो । यस्ता जानकार राख्ने केही वौदिक वर्गलाई धम्क्याउने फ्रन्ट अर्थात अगडी देखिने ठाउँमा ट्यापे, मुन्द्रे राख्ने र त्यहा केही समस्या आयो भने प्रहरी कार्यलयमा समेत तिनै गुन्डा नाईकेहरु गयर छुटाने गरेका छन् । तरिका (शैली) फेरेर काम गर्न थालेका कतिपय वडाका टोलहरुमा टोलैपिछे पार्किङको नाममा जथाभावी पैशा असुल गर्ने, घरलौरी फोहोर व्यवस्थापन र सुरुक्षा व्यवास्था भन्दै टोलटोलमा रकम असुली गर्ने गरेका छन् । यस्ता घटना, सुनधारा, बागबजार, ठमेल एरियामा बढी देखिएको छ ।
बागबजारमा त एउटा घरबाट फोहोर व्यवस्थापन र पार्किङ व्यवस्थापनको नाममा १५ हजारसम्म असुली गर्ने त्यही घरमा भाडामा व्यवसाय गर्ने फर्म, चिया पसल, अफिस चलाउनेहरुलाई पुनः एक हजार असुल्ने जस्ता काम भईरहेको छ । जवकी आफ्नै घरमा भाडामा बस्ने आफ्नै घर अगाडी पार्किङ गरेर राख्ने सवारीको समेत टोले गुन्डाहरुले अवैद्य रकम असुल गर्ने गरेको देख्दा यस्तो अत्याचार देखेर पनि नदेखे झै गरेर हिड्नु परेको नाम नबताउने सर्तमा बाग बजारका घरवेटीहरु बताउछन् ।
एक प्रेस व्यवसायीले त मार्षिक पैशा असुल गरेकोमा दुखः व्यक्त गदै कोही वोल्दैन नेपालकमम यस्तै रहेछ भन्दै उनले भने “बागबजारमा धेरै साप्ताहिक पत्रपत्रिकाका र अन्य मिडियाका अफिस भएपनि कोही कुनै पत्रपत्रिकाले यस्ता आफै बस्ने एरियामा भएका अत्याचार नलेख्दा रहेछन् । भन्दै गुनासो पोखेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend