logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बागमती सफाइमा सवैको दाइत्व होस,नागरिकस्तरवाट शुरु भएको छ


  • जन आकाश
  • शनिबार, पुष ३० २०७९

मोहन कार्की



काठमाडौ । नेपालको राजधानी काठमाडौ उपत्यका जति नामले प्रख्यात छ त्यतिनै शहरी व्यवस्थापन चुनौतीपूर्ण छ। काठमाडौमा थुप्रने फोहोर, मानिसलाई चाहिने शुद्ध वातावरण त्यही वातावरण बिगार्न मानिसहरूको चेतनाको अभाव र चेतना भएकाहरुको लागि पनि महानगरपालिका, नगरपालिका लगायत  सम्बन्धित निकायले नदिजन्य, सडक, बन,मन्दिर,पार्टी, पौवा, पिकनिकस्थल लगायत क्षेत्रहरुमा गरिने मानिसहरुको गतिविधिलाई फोहोर व्यवस्थापनको लागि छुट्याउनु पर्ने स्थान र सहि समयमा फोहोरजन्य पदर्थहरुको सङ्कल र बिस्तापन जस्ता कामहरु समयमा नै नगर्दा वातावरणिय समस्या देखिएका छन् ।

यस्ता समस्या नागरिकस्तरवाट नै गर्नुपर्छ भनेर पुर्व मुख्य सचीव लिलामणि पौडेलको अगुवाईमा बागमती सफाइ अभियान शुरु भएको थियो । उक्त्त अभियान निरन्तर जारी नै छ नागरिकस्तरवाट वातावरणिय सुधार भएको भएपनी सरकारिस्तरवाट यसको कुनै दीर्घकालीन काम भएको देखिएको छैन ।

यस्ता कामहरु देशको राजधानी मात्रै नभएर भोलिका दिनमा देशका शहरी क्षेत्र विकास हुँदै गरेका स्थानहरुलाइ समेत पहिचान गरेर वातावरण जोगाउदै मनावको स्वास्थमा पर्नजाने वातावरणिय प्रतिकुलतावाट जोगाउनु सवै नेपालीहरुको कर्तव्य हो । ताकी अन्य शहरमा यस्ता समस्या नाआउन अझै धेरै राज्यको सम्बन्धि निकायको जिम्मेवारी प्रमुख हो । त्यस्तो काम थोरै थोरै सुरु भएको छ। तर बृहत योजना अगाडी बढेको छैन । बृहत् वातावरण समरक्षण नेपालको आवश्यकता हो ।

तर विकासको गतिलाई रोक्ने नाममा वातावरण बाधक बनाउन पनि हुदैन अध्ययन, गरेर उपलब्धि हाशिल गर्ने काममा सवैको उत्तिकै भुमिका हुनुपर्छ । भन्न खोजेको सडक, बिधुत गृह, खानेपानी, सामाजिक भवनहरु निर्माण गर्ने ठाउहरुमा वातावरण जोगाउने नाममा अवरोध हुनुहुदैन।

काठमाडौ उपत्यकामा बनजङगल मासिसकेका छन् , खेतीयोग्य जमिन घरले पुरिसकेका छन् , ढुङेधारा इतिहास मात्रै बाकी छन् , मन्दिरहरु घरहरुले छेकेर देखिन छाडेका छन् । खोलाहरु डुङ्डुङ्ती गनाएका छन् । यस्तै गनाइरहेको बागमतीको काठमाडौमा नागरिकस्तवाट शनिबार सफाइ हुने काम हुँदै आएको छ काठमाडौमा मात्रै देखिने यस्ता सामाजिक काम जस्तै देशैभरी हुनुपर्छ र यसले सिङगो देशलाइ हराभरा वातावरणमैन्त्री बनाएर सुन्दर शान्त नेपाल बनाउन,” गनाउने बागमति होइन बसाउने बागमती “धमिलो खोलाहरु होइन कलकलाउने नदि खोलाहरु भएको देख्ने बनाउनुपर्छ त्यो काम मानिसहरुले नै गर्ने हो ।

विस्वका विकसित रास्टहरु सुन्दर विकसित मानिसहरूले नै बनाएका हुन । कतिपय रास्टमा हाम्रै नेपाली दाजुभाइहरुको मेहनत र पसिना खर्च भएको छ तर योजना उनिहरुले बनाएका हुन्छन् हाम्रो देशमा पनि योजना बनाइ इमानदारीताका साथ कार्यन्वयन गर्ने इमानदार नेतृत्वको खाचो छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend