logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

राष्ट्रिय खाद्य बैकको तेस्रो साधारणसभा सम्पन्न


  • जन आकाश
  • शनिबार, पुष ३० २०७९

काठमाडौ । राष्ट्रिय खाद्य बैक लि. को तेस्रो साधरणसभा सम्पन्न भएको छ । मितिः २०७९ पौष ३० गते काठमाडौको तिनकुनेस्थित रोयल क्याटरिङगमा पुर्वमन्त्री उमेश श्रेष्ठको प्रमुख अतिथि र बैकका प्रमुख कार्यकारी अधिकृत शखर प्रसाद उप्रेतीको सभापतित्वमा साधरणसभा भएको हो ।



कार्यक्रमको उत्घाटन पुर्वमन्त्री उमेश श्रेष्ठले दीप प्रज्वलन गरी गरेका थिए भने कार्यक्रको स्वागत मन्तव्य कार्यकारी अध्यक्ष शखरनाथ उप्रेतीले गरेका थिए ।
सात वटै प्रदेशका प्रतिनिधिहरुको उल्लेखिय मात्रमा सहभागिता रहेको थियो ।

खाद्य बैकले “पोसिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान” भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंकले देशका ७ वटै प्रदेशलाई कार्यक्षेत्र बनाउने लक्ष्यका साथ हाल ४ वटा प्रदेशमा कृषि उत्पादन कर्म गर्दै आइरहेको कार्यकारी अध्यक्षले जानकारी दिएका थिए ।

“स्थापना देखि नै कृषि क्षेत्र र किसानहरुको हक अधिकार संरक्षणमा काम गर्दै आएको बैकले कार्यक्रममा जानकारी दिएको थियो । कोरोना माहामारी र गएका आर्थिक बर्षका विविध चुनौतीहरु, बैंक वित्त क्षेत्रमा देखिएका तरलता समस्याको अवस्थामा यस बैक समेत पुँजी अभावको मार खेप्नु परेको जटिलताको बीच आफ्ना नीति कार्यक्रम अनुसार व्यवसाय विस्तार र योजनाहरु अघि बढाउने कुरामा एउटा खालको फड्को नै मारेको छ । संभवत अहिले हामी देशको नीजि क्षेत्रले चलाएको सबैभन्दा ठुलो कृषि कम्पनीको रुपमा छौ ।  ”उप्रतीको भनाई रहेको थियो ।

 

हाल राष्ट्रिय खाद्यबैंकले बर्दिया, झापा, मोरङ, सुनसरी, काँस्की, लमजुङं, सिन्धुपाल्चोक, रोमछाप, काभे्रपलान्चोक, सिन्धुली, उदयपुर, बारा, पर्सा , हुम्ला, जुम्ला लगायत २३ वटा जिल्लाहरुमा किसान सङ्ग मिलेर कृषि उत्पादनमा पाईलट प्रोजेक्ट सञ्चालन गर्दै आएको पनि उल्लेख गरेका थिए ।

आफ्नै च्यानल मार्फत उत्पादन, सुरक्षित भन्डारण, प्रशोधन, प्याकेजिङ्ग तथा बिक्रीवितरण जस्ता कार्य गर्दै आएको कार्यक्रममा जानकारी दिएको थियो ।

बैंकको हालसम्म ८८१ जना संस्थापक शेयर सदस्यहरु रहेका छन् भने २ अर्ब चुक्ता पुँजी पुर्याउने लक्ष्य रहेको छ । संस्थाले हालसम्म प्रत्यक्ष र अप्रत्यक्ष गरी झण्डै १ लाख जनालाई रोजगारी दिँदै आइरहेको,बैंकले बागमती प्रदेश, १ नं प्रदेश, गण्डकी प्रदेश र लुम्बीनि प्रदेश गरी ४ वटा प्रदेशमा कार्यालय सञ्चालन गरी कृषि कार्य गर्दै आइरहेको, निकट भविष्यमै बाँकी प्रदेशहरुमा पनि आफना कृषि कार्यक्रम पुर्याउने लक्ष्य राखेको, अहिले किसानहरुसँग मिलेर हजारौं विघा जग्गामा कृषि उत्पादन कार्यहरु गर्दै आइरहेका,कतिपय आफैले जग्गा लिजमा लिएर पाइलट प्रोजेक्ट चलाएको अन्यमा किसानहरुसँग जोडिएर काम गरिरहेको, संस्था बार्षिक सञ्चालन खर्च गरिकन ३० लाख सुरुवाती नाफामा रहेको,उत्पादित वस्तुहरु विक्रिका क्रममा भण्डारण गरिएको, बैंकले ३० करोड रुपैयाँ लगानी गरिसकेको अवस्था छ भनि जानकारी दिएको थियो।

बिभिन्न प्रदेशवाट आएका प्रतिनिधिहरुले कृषि खाद्य कम्पनीको वारेमा आ–आफ्ना धारणा राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend