जन आकाश
काठमाडौ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको २९ औ साधरणसभा तथा निर्वाचनमा राजेन्द्र भण्डारीको टिमले उम्मेद्धारी घोषणा गरेको छ ।
काठमाडौको बसुनधारास्थित यति पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कार्यक्रमको सभापति सरोज पाख्रेल, प्रमुख अतिथि पुर्व मन्त्री तथा नेकपा एमालेका महासचीव शंखर पोख्रेलको आतिथ्यमा भएको थियो ।
प्रमुख अतिथि पोख्रेलले बैदेशिक रोजगार व्यवासायी संघको आगामी निर्वाचनमा सरकार पक्षिय तथा देशको व्यवसायीहरुको हित चाहाने पक्षका व्यवासयीहरुलाई जिताउन अनुरोध गरेका थिए । नयाँ सरकार बन्ने बित्तिक्कै शेयर बजारमा आएको सकरात्मक सुचकले पनि यो सरकार व्यवसायीहरुको पक्षमा रहेको सम्बोधनका क्रममा बताएका थिए ।
नेकपा माओवादी, सामाजवादीलाई पनि नेपाली काँग्रेससँग मिल्दा १८ सिट आउदो रहेछ । एमालेसँग मिल्दा ४४ सिट आउदो रहेछ भन्ने कुरा जनताले दिएको अभिमतवाट पुष्टि भईसकेको हुदा सवै वाम तथा उन्नत लोकतन्त्रका पक्षधर सवैले भण्डारीको टिमलाई जिताएर व्यवसायीहरुको हितमा काम गर्न र यसै गरी ७ गते बधाई दिन पनि पाईयोस भन्दै शुभकामना दिएका थिए । भने सम्बोधनकै क्रममा समाजवादीमा लागेका सथीहरुलाई आफ्नै घर एमालेमा फर्कन आग्रह गरेका थिए ।
भण्डारीको नेतृत्वमा घोषणा भएको टिमको नामवली यस प्रकार छ ।
अध्यक्षः राजेन्द्र भण्डारी
प्रथम उपाध्यक्षः डिक बहादुर खत्री(कुमार)
द्धीतिय उपाध्यक्षः सन्जु गुरुङ
द्धीतिय उपाध्यक्षः रोशन कट्टवाल
महासचीवः मिलन कट्टेल
सचीवः राजेन्द्र अधिकारी
कोषाध्यक्षः सरिता घले
सदस्यहरु
देउमान नेम्वाङ(डिएम सुब्बा)
बैकुण्ठ प्रसाद पौडेल
शिवहरि मैनाली (सित्तल)
आनन्द कोईराला
खेमनाथ गौतम
मोहन प्रसाद आचार्य
राजेन्द्र बस्नेत
जनक लाल बास्तोला
स्यामचन्द्र खतिवडा
उमेश महतो
रहेका छन् । अर्को पक्ष लोकतान्त्रिक समुहको आज नै प्यानाल घोषणा गर्ने जानकारी दिएको भएपनि सार्वजानिक घोषणा गरेका छैनन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend