logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मञ्जुश्री फाईनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • आइतबार, माघ १ २०७९

 



काठमाडौ । मञ्जुश्री फाईनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा मिति २०७९ पौष २९ गते थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वरमा सम्पन्न भएको छ ।
साधारणसभाद्वारा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखा परिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरि पारित गरेको फाईनान्सले उल्लेख गरेको छ ।

केन्द्रिय कार्यालय सहित २७ शाखाहरु रहेको यस फाइनान्सको २०७९ साल मंङ्गसिर मसान्त सम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको फाईनान्सले रु १२.४६ अर्ब निक्षेप संकलन गरि रु ११.५० अर्ब कर्जा परिचालन गरेको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।

फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, अनलाईन खाता र ब्त्ः सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको फाईनान्सले जानकारी दिएको छ ।

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend