जन आकाश
काठमाडौ । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनमा दुई जना स्थानीय पनि घाइते भएका छन् । माछा मार्न सेती खोंचमा गएका दुई जना स्थानीय घाइते भएका हुन् ।
माछा मार्दै गरेको समयमा जहाज सेती खोंचमा खस्न पुग्दा उनीहरु घाइते भएका थिए । उनीहरुलाई घटना स्थलबाट उद्धार गरेर अस्पताल पठाइएको छ । ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आइतबार बिहान सेती दोभानमा दुर्घटना ग्रस्त भएको थियो ।
घाइते कुमार आलेका अनुसार उनी र अर्का एक जना साथी बिहान १० बजे माछा मार्न सेती खोंचमा गएका थिए । जहाज खस्दा ढुंगा झर्यो । मलाई ढुंगाले लाग्यो । म ओढारमा छिरें । त्यसपछि जहाज खोलामा बजारियो। । ठूलो आवाज आएको थियो ।
पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको एन (एएनसी )जहाज दुर्घटना अघि सम्म सम्पर्कमै रहेको पाइएको छ ।
अन्तिमक पटक १०ः५० मा सम्पर्कमा आएको पाइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल स्थित खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार काठमाडौंबाट १०ः३२ मा उडेको जहाज पोखरा टावरसँग १०ः५० मा सम्पर्कमा आएको थियो ।त्यति बेला जहाज सेती खोंच भन्ने स्थानमा थियो । त्यस पछि जहाज दुर्घटनामा परेको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend