logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पोखरा अन्तर्राष्ट्रिय विमान स्थलको उडान पुनः सुरू


  • जन आकाश
  • आइतबार, माघ १ २०७९

 



काठमाडौं । पोखरामा जहाज दुर्घटनामा परेपछि अवरुद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमान स्थलको उडान पुनः सुरू भएको भएको छ । आइतबार बिहान ११ः५० मा सेती खोंचमा जहाज दुर्घटनामा परेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको थियो । दुर्घटना ग्रस्त क्षेत्रमा उद्धारको काम जारी छ ।

विमानस्थल कार्यालयका अनुसार दुर्घटना अगाडि सम्म पाइलटले एटीसीसँग सम्पर्क गरि रहेका थिए । त्यसपछि जहाज दुर्घटनामा परेको हो । दुर्घटना पछि फायर फाइटिङ सहित सबै संयन्त्र खटिनु परेका कारण विमानस्थल बन्द गरिएको थियो । जसले उडानहरु अवरुद्ध बनेका थिए । अहिले भने पूर्व निर्धारित उडानहरु पुनः सुरू गरिएको कार्यालयले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend