logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

यती एयर विमान दुर्घटना पहिचान भएका शव आज आफन्तको जिम्मा लगाइने


  • जन आकाश
  • सोमबार, माघ २ २०७९

 



काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएका हरूको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । पहिचान भएका शव आवश्यक प्रक्रिया पूरा गरेर आज आफन्तलाई जिम्मा लगाइने भएको हो ।

पहिचान भएका शवहरू बिहान ९ बजे देखि प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने तयारी गरि रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टर मार्फत पठाउने तयारी गरिएको उनले बताए ।

दुर्घटना भएको यती एयरलाइन्सको जहाजमा चालक दलका चार सदस्य सहित ७२ जना थिए । ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । केही शव दुर्घटना स्थलबाट निकाल्न कठिनाइ भएको छ । भने केही फेला परेका छैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend