जन आकाश
काठमाडौ । सभामुख चयनका लागि सोमबार बिहान ९ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । पोखरामा आइतबार भएको विमान दुर्घटनामा सरकारले राष्ट्रिय शोकमा बिदा दिएका कारण बैठक स्थगित गरिएको हो ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बिहान बसेको सर्वदलीय बैठकले प्रदेश सभाको बैठक स्थगित गरेको हो । मंगलबार बिहान १० बजे बैठक बोलाउने सहमति पनि भएको छ । सोही बैठकमा सभामुख चयनका लागि मतदान हुनेछ ।
प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र सभामुख र उप सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उक्त व्यवस्था अनुसार सुदूर पश्चिममा सोमबार राति १२ बजेसम्म सभामुख र उप सभामुख चयन गरि सक्नुपर्ने थियो । तर राष्ट्रिय शोकका कारण आजको दिनलाई गणना नगर्ने सहमति दलहरुबीच भएको छ ।
सभामुख चयनका लागि यस अघि २८ र ३० पुसमा मतदान भएको थियो । तर एमाले नेतृत्वको गठबन्धनका उम्मेदवार भीम भण्डारी र कांग्रेस गठबन्धनका मानबहादुर रावलले बहुमतका लागि आवश्यक पर्ने २७ मत नल्याउदा पुनः मतदानमा गएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend