logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

डा.सन्दुकलाई बहराइनको प्रतिष्ठित इसा अवार्डबाट सम्मान


  • जन आकाश
  • बुधबार, माघ ४ २०७९

 



काठमाडौं ( नेपाली नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतलाइ बहराइनको प्रतिष्ठित इसा अवार्डबाट सम्मान गरिने भएको छ । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाइ सम्मान गर्न लागिएको हो ।

डा.रुइतले समुदायमा गरेको सेवा र उपलब्धिको लागि सम्मान स्वरुप सम्मान गर्ने निर्णय गरिएको सो संस्थाले जनाएको छ । डा.रुइतले मोतिया बिन्दुको उपचारमा सरल विधिको विकास गरेर हजारौं मानिसहरूलाइ सेवा गरेका छन् ।

अवार्ड आउँदो महिना बहराइनमा विशेष कार्यक्रम गरेर प्रदान गरिने बताइएको छ । डा.रुइतले यसअघि सन् २००६ मा मलेसियाको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अष्ट्रेलिया र सन् २०१८ मा भो पद्यश्री अवार्ड पाइसक्नु भएको छ । यस वर्ष यो विधाको पुरस्कारका लागि १३९ मनोनयनमा थिए ।

यो पुरुस्कारले नेपालको सान बढाउनका साथै नेपालीको शिर उच्च भएको छ । बधाई छ । डा. सन्दुक रुइत लगायत तिलगंगा आशा प्रतिष्ठान नेपाललाई ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend