जन आकाश
काठमाडौ । आजको सञ्चारको युगमा अनलाईन सञ्चारमाध्यमहरुको बाढी नै आएको छ । त्यसमध्य संग्लो खोला बनेर कति बग्न सकेका छन् । त्यो आफैमा चुनौतिपुर्ण छ । त्यस्तै एक उदारण सैलुङ अनलाईनले आफ्नो सातौ बर्ष पुरा गरेको अवसरमा भव्य कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाएको छ । यस बार्षिकोत्सव मनाउन सक्ने क्षमता बृद्धि गर्नु भनेको पनि सफल मिडियाको उदारण हो ।
सैलुङ अनलाईनले मितिः २०७९ माघ ३ गते मंगलवार बौद्धस्थित तामाङ भवनमा बिभिन्न व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम गरेको हो । कार्यक्रममा बिभिन्न संघ÷संस्थाका पदाधिकारी राजनीतिक व्यत्तित्वहरु, समाजसेवी, पत्रकारहरु लगायतको उल्लेखिय मात्रमा उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई दुई सेसनमा बाडेर गरिएको थियो । पहिलो शेसनमा आम निर्वाचन २०७९ मा तामाङ आदीवासी र जनजाती र उपस्थिति र उपलब्धि कार्यपत्र मानवशास्त्री डा. मुक्तसिंह लामाले गरी टिप्पणीकारका रुपमा प्रतिनिधिसभा सदस्य नुवाकोटका हित बहादुर तामाङ, पुर्व संसद दिलमान पाख्रिन धादिङ , राजनीतिक बिस्लेषक बुद्धछिरिङ मोक्तान, बाह्रविसे नगरपालिकाकी पुर्व उपमेयर सुसिला पाख्रीनले गरेका थिए । पहिलो शेसनको अध्यक्ष्ता भाषाशास्त्री एंवम् भाषा आयोगका सदस्य अमृत योञ्जन तामाङ रहेका थिए ।
दोस्रो शेसनका प्रमुख अतिथि बागमती प्रदेश संसद छिरिङ दोर्जे लामा रहेका थिए ,बिशेष अतिथि नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्ष श्रीजन झा रहेका थिए ।
आयोजकको भनाइलाई आधार मान्दा दोस्रो शेसनलाई औपचारिक कार्यक्रम मानिएको थियो । दोस्रो शेसनका अतिथिहरु प्रभाव दैनिकका सञ्चालक कृष्ण कार्की, जन आकाश मिडिया प्रा.लि.का अध्यक्ष मोहन कार्की,नेपाल समाचार पत्रका बजार प्रवन्धक नन्द गोपाल क्षेत्री, राजधानी दैनिकका बजार व्यवस्थापक गंगा फुयाँल, बज्र कलेजका सिइओ रत्नमान आशु , मम्स इन्टरनेशनल सञ्चालक रञ्जिता ब्लोन, तामाङ पत्रकार संघका वरिष्ठ उपाध्यक्ष बुद्ध योञ्जन तमाङ लगायतको अतिथ्यमा भएको हो ।
उक्त कार्यक्रमको सभापति ग्लोबल भ्वाईस प्रा.लि.का अध्यक्ष स्याम लामाले गरेका थिए । श्याम लामाले कार्यक्रमलाई समापन गर्ने क्रममा “ यसैगरी सोनाम लोछारको शुरुवाती चरणमा २०७२ साल माघ २६ गते सैलुङ अनलाईनको स्थापना गरिएको थियो । त्यतिवेला देशमा गएको भुकम्पले देश अस्तव्यस्त भएको अवस्थामा समग्र नागरिकहरको समस्या सम्बन्धित निकायमा पु¥याउनु हाम्रो दाईत्व रहेको थियो । यस्ता अनेकौ नागरिकका कामहरु गर्दै आउदा थुप्रै कठिनाईहरुमा साथ दिनुहुने सवैलाई धन्यवाद” भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा सञ्चार संस्थालाई निरन्तर सहायोग गरेका व्यात्ति, संस्थाहरुलाई प्रसंसा पत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend