जन आकाश
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले पद तथा गोपनीयताको शपथ दिएकी छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार उनलाई सिंहदरबारमा पद तथा गोपनियताको शपथ गराएका हुन् ।
उनी मंगलबार राज्य मन्त्रीमा नियुक्त भएपनि शपथ लिएकी थिइनन् । अन्य दुई राज्यमन्त्रीले भने मंगलबार नै शपथ दिएका थिए । प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दै २३ सदस्यीय बनाएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend