जन आकाश
काठमाडौ । नेपालइन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको “एनआईबिएल ग्रोथ फण्ड” योजनाको रु.१०अङ्कित दरको १६,००,००,००० (सोह्र करोड) इकाईहरु मिति २०७९/०९/०७ गतेदेखि मिति २०७९/०९/२१ गतेसम्म सार्वजानिक रुपमा विक्री आह्वान गरिएको थियो । उक्त योजनाको इकाई बाँडफाँड यहि मिति २०७९/१०/०३ मा सम्पन्न भएको छ ।
एनआईबिएल ग्रोथ फण्ड (NIBL Growth Fund) को प्रतिइकाई अंकितमूल्य रु १० दरको १६,००,००,००० (सोह्र करोड) इकाईहरु मध्ये बीज पूँजी वापत १% अर्थात १६,००,००० (सोह्र लाख) इकाई योजना व्यवस्थापक एनआईबिइएल एस क्यापिटल लिमिटेड तथा १९%अर्थात ३,०४,००,००० (तीन करोड चार लाख) इकाई कोष प्रवद्घक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साबिकको नेपालइन्भेष्टमेन्ट बैंक लिमिटेड) को लागि गरी कुल निष्काशन गरिने इकाई मध्ये ३,२०,००,००० (तीन करोड बिस लाख) इकाई सुरक्षित राखी बाँकी रहेको १२,८०,००,००० (बाह्र करोड असीलाख) इकाईको मिति २०७९ पौष ०७ गते बिहिबार देखि २०७९ पौष २१ गते बिहिबारसम्म निशकाष्न तथा बिक्री खुल्ला गरिएको थियो ।
सो अवधि भित्र ४२,०६० आवेदकहरु मार्फत ९,९३,६७,९०० इकाईका लागि मात्र रितपूर्वक आवेदन भई योजनाको आकार जम्मा रु १,३१,३६,७९,००० हुने भएको र योजना व्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले बिजपूँजीको रुपमारु ६३,२१,००० थप गरी रितपूर्वक आवेदन दिनुहुने सम्पूर्ण आवेदकहरुलाई माग गरेअनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम मिति २०७९ माघ ३ गते बाँडफाँड गरिएको थियो । रु ६३,२१,००० थप गरी योजनाको आकार रु १,३२,००,००,००० कायम गरिएको व्यहोरा क्यापिटलले जनाएको छ । बाँडफाँड सम्मन्धी विवरण धितोपत्र निष्काशन तथा एनआईबिएल एस क्यापिटल को वेवसाइट www.niblcapital.com बाट पनि हेर्न सकिने छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend