logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

लुम्बिनीका मुख्यमन्त्री गिरीले विश्वासको मत लिने


  • जन आकाश
  • बिहिबार, माघ ५ २०७९

 



काठमाडौ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले  बिहीबार विश्वासको मत लिंदैछन् । बिहिबार दिउँसो एक बजे बस्ने प्रदेश सभाको चौंथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन् ।

पुस २७ गते प्रदेश सभाका १० मध्ये सात दलका ५६ जना र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, जनमत पार्टीका तीन जना, लोकतान्त्रिक समाजवादी पार्टीका तीन जना र स्वतन्त्र दुई जनाको समर्थन छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ। सत्तापक्षको स्पष्ट बहुमत छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend