logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल रोजगार व्यवसायि सघको निर्वाचन भोलि कस्ले मार्ला बाजि ?


  • जन आकाश
  • बिहिबार, माघ ५ २०७९

 



काठमाडौ । नेपाल  वैदेशिक रोजगार  व्यवसायि सघको भोलि
हुन गइरहेको २९ औ साधरणसभा तथा निर्वाचनको लागि सवै तयारी पूरा भएको नेपाल वैदेशिक रोजगार व्यवसायी सघले जानकारी दिएको  छ।

पहिलो शत्रमा साधारणसभा हुने र त्यसपछी निर्वाचन हुने छ।

यतिबेला निर्वाचनमा भाग लिएका सवै उम्मेदवारहरु आ- आफुलाइ मतदान गर्न भन्दै मत माग्न ब्यस्त छन । अध्यक्षको लागि ४ जनाको उम्मेदवारी परेको छ।

प्रगतिशील समुहवाट राजेन्द्र भण्डारीको अध्यक्षमा 

अध्यक्षः राजेन्द्र भण्डारी
प्रथम उपाध्यक्षः डिक बहादुर खत्री(कुमार)
द्धीतिय उपाध्यक्षः सन्जु गुरुङ
द्धीतिय उपाध्यक्षः रोशन कट्टवाल
महासचीवः मिलन कट्टेल
सचीवः राजेन्द्र अधिकारी
कोषाध्यक्षः सरिता घले

सदस्यहरु
देउमान नेम्वाङ(डिएम सुब्बा)
बैकुण्ठ प्रसाद पौडेल
शिवहरि मैनाली (सित्तल)
आनन्द कोईराला
खेमनाथ गौतम
मोहन प्रसाद आचार्य
राजेन्द्र बस्नेत
जनक लाल बास्तोला
स्यामचन्द्र खतिवडा
उमेश महतो

भण्डारीको प्यानल सरकार पक्ष नेकपा एमाले ,नेकपा माओवादी केन्द्र, राप्रपा लगायत  सरकार पक्षिय ब्यवसायिहरुको प्यानल रहेको छ।

यो समुहको भेलामा नेपाल सरकारका पुर्वमन्त्री एवम नेकपा एमालेका महासचिव इस्वर पोख्रेल देखि पुर्वमन्त्री महेश बस्नेत अर्थमन्त्री बिष्णु पौडेल राप्रपाका बागमती प्रदेश मन्त्री उद्दप थापा लगायतको उपस्थिति भइ नेपाल वैदेशिक रोजगार व्यवसायि सघको २९ साधरणसभामा भण्डारीको नेतृत्वको प्यानललाई जिताउन आग्रह गरिसकेका छन ।

उता लोकतान्त्रिक समुहवाट दुइटा प्यानल घोषणा भएको छ एउटा प्यानल भुवन गुरुङको अध्यक्षमा र अर्को कुमोद खनालको अध्यक्षमा मैदानमा देखिन्छन् । यसरी सरसर्ती हेर्दा पनि भण्डारीको समूह नै अगाडी देखिन्छ ।

लोकतान्त्रिकका बिमल ढकालले दिए भण्डारीलाई साथ

पुर्व अध्यक्ष समेत रहेका बिमल ढकालले आजको कार्यक्रममा ” मेरो कार्याकालमा सघको सचीवको रुपमा काम गरेका भण्डारी इमानदार रहेको हुनाले यतिको प्रतिभामुखी नेतृत्वलाई अध्यक्षमा निर्वाचित गराउदा व्यवसायीहरुको हितमा काम हुने भन्दै ” भण्डारीको टिमलाई अग्रीम बिजयको शुभकामना दिएका थिए ।

बिजय भएको तीन महिनामा परिणाम ल्याउने भण्डारीको दावी

भण्डारी सामुहले आफुहरु निर्वाचित भइसकेपछी तीन महिनामा परिणाम ल्याउने दावी गरेका छन । आज अनुपम पार्टी प्यालेसमा भएको प्रगतिशील रोजगार ब्यावसायी सघको भेलामा राजेन्द्र भण्डारीले सम्बोधनको क्रममा यस्तो बताएका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend