logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पाहाडी क्षेत्रमा धमाधम आलु रोप्न शुरु, किन पुग्दैन पालिकाको ध्यान


  • जन आकाश
  • शनिबार, माघ ७ २०७९

 



बिनोद कार्की ।
रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वाड न.२ गर्जाङ ,धौले चाके ,वालुवा शिवलय लगायत आसपासको क्षेत्रमा मुख्य ब्यसायीको रुपमा मानिसहरुले आलु खेतीलाई लिने गरेका छन् । यस क्षेत्रमा किशानको मुख्य ब्यसायीक भनेकै आलु खेती मानिन्छ । अरु कुनै ब्यसायीक गर्न सा्रेत, साधन ,पहुच नभएको वाहिरी काम गर्नलाई पालिका भित्र उद्योग , कलकारखान ,फ्याट्रिहरु एउटा पनि विस्तार नभएको र बिकल्पको रुपमा आलु बेचेको पैशाले १ बर्ष सम्मा खाना पु¥याउनु पर्ने, आफ्ना बाल बच्च पढा्उनु पर्ने किशानहरुको बाध्यता छ ।

त्यतिले नधानेर युवाहरु विस्तार्ै प्रदेशीदै गएका छन् । युुवतीहरु सुविधा सम्पन्न ठाउँ खोज्दै रोजगारका लागि कााठमाडौ सहर पस्ने गरेका छन् । गाउँमा केही पढ्दै गरेका युवाहरु ,र सहरको हावा पानि मन नपराउँने गाउँ घर नै प्यारो लाग्ने मानिसहरु मात्रै बस्न् थाालेका छन् । यस क्षेत्रमा धान ।मकै गहुँ जस्ता अन्न बालीहरु प्रयाप्त मात्रामा हुने भएपनि बेच्नका लागि बजार नपाउने गोकुलगंगा गाउँपालिकाका वाड न. २ का किशान नेत्र बाहुदुर कार्कीले बताउछन् । यस्ता समस्याहरुको कारण पनि युवायुवती गाउँमा बस्न छाडेका कार्कीको भनाई छ ।

अरु अन्न वाली लायो वजार नपाउने समस्या त छदैछ । उत्पादन गर्न जगंली जनावरहरुको समस्या, यातायातको समस्या यातायात पुगेको भएपनि थोरै थोरै उत्पादनलाई धुवानी खर्च अधिक महगो पर्न जादा लागत नउठ्ने जस्ता समस्या भएकै कारण यस क्षेत्रका किशानहरुले अन्य वालीभन्दा नगदे वालीको रुपमा आलु खेतीलाई लिन्छन् ।

तर यो आलु उत्पादनलाई केही क्षेत्रमा पकेट क्षेत्र घोषणा गरेको भएपनि गाउँपालिकाले कृषि क्षेत्रमा केही काम गरेको जस्तो देखिएपनि अझै धेरै किसानहरुका लागि गर्नुपर्ने सेवा सुविधाहरु वास्तविक किसानसम्म पुगेको देखिदैन ।

गाउँपालिकाले केही योजना ल्याए पनि कार्यन्वनमा नआएको पालिकाले कुनै योजना ल्याए पनि गाउँका केही सिमित ब्यतिmमा मात्र पुग्ने साचिकै मेहनती परिश्रमिक किशानका लागि कुनै राहात नमिलेको किशानहरुको गुनासो छ । युवाहरु गाउँ घर छोडेर पासर्पोट बोकेर दिनानु दिन प्रदेशीने गरेका छन् यसरी नै प्रदेशीनेकोसङख्या बढ्दै जाने हो भने त गाउँ घरको जग्गा जमिन जङगलमा परिणत हुन्छ । खेती याोग्य जमिन बाजो बस्न पुग्छ् तेसैले सम्बन्धित निकायले ध्यान पु¥याउन जरुरी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend