logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

निर्माण महासंघले सहरी विकास मन्त्री दिए बधाई


  • जन आकाश
  • शनिबार, माघ ७ २०७९

 



 

काठमाडौं । नेपाल निर्माण ब्यवसायी महासंघका पदाधिकारीहरुले सहरी विकास मन्त्री विक्रम पाण्डेलाई भेटी बधाई दिएका छन् भने निर्माण व्यवसायीले भोग्नु परेका समस्याको वारेमा अवगत गराएका छन् । मन्त्री पाण्डेले व्यवसायीलाई भेटघाटको क्रममा निर्माण उद्योगमा देखिएको समस्याबारे आफू जानकार रहेको बताउँदै यस उद्योगमा देखिएको समस्या समाधान गर्ने विषयमा मन्त्रिपरिषद्मा सकारात्मक छलफल भएको जानकारी दिएका थिए ।

निर्माण् ाउद्योगको पछिल्ला समस्या अवगत गराउन पुगेको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधि मण्डलसँगको विहिवार विहानको भेटमा मन्त्री पाण्डेले क्रसर उद्योगको समस्या चाँडै समाधान हुने पनि बतएका थिए ।

गैरकानूनी तरिकाले क्रसर संचालन गर्ने केही व्यक्तिका कारण नियम संगत तरिकाले उद्योग संचालन गर्ने समेत मारमा परेको मन्त्री पाण्डेले भेटका क्रममा बताए । निर्माण व्यवसायीहरूलाई कुनै गल्ती नगरी निर्भिक भएर काम गर्ने वातावरण बनाउने प्रतिबद्धता पनि मन्त्री पाण्डेले व्यक्त गरे । महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग संचालनमा देखिएको अवरोधका कारण निर्माणकार्य प्राय ठप्प भएको जानकारी गराएका थिए । निर्माण उद्योगबारे जानकार व्यक्तिले सहरी विकास मन्त्रालय सम्हाल्दा आफूहरूलाई खुशी लागेको अध्यक्ष सिंहले आफ्नो भनाई राख्ने क्रममा बताएका थिए ।

पर्याप्त बजेट नछुट्याई ठेक्का लगाउँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै अध्यक्ष सिंहले बजेट छुट्टयाएर मात्र ठेक्का लगाउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए । सोही अवसरमा अध्यक्ष सिंहले मन्त्री पाण्डेको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए । महासंघ प्रतिनिधि मण्डलमा वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा(ए.डी.), महासचिव रोशन दाहाल, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर र उपनिर्देशक आसित अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend