logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाल बैदेशिक रोजगार व्यवासयी संघको अध्यक्षमा भण्डारी बिजयी


  • जन आकाश
  • शनिबार, माघ ७ २०७९

मोहन कार्की ।
काठमाडौ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको २९ औ साधरणसभा तथा निर्वाचनवाट राजेन्द्र भण्डारीको अध्यक्षतामा धेरै जति कार्यसमितिमा विजयी हाशिल गरेका छन् । भण्डारी प्रगतिशील बैदेशिक रोजगार व्यवसायी मंञ्च नेपालका अध्यक्ष समेत हुन् ।



भण्डारीको नेतृत्वमा प्रगतीशिल समुहवाट निम्न उल्लेखित उम्मेद्धारहरुले उम्मेद्धारी दिएका थिए । तर सेटै भने जितेनन् ।

अध्यक्षः राजेन्द्र भण्डारी
प्रथम उपाध्यक्षः डिक बहादुर खत्री(कुमार)
द्धीतिय उपाध्यक्षः सन्जु गुरुङ
तृतिय उपाध्यक्षः रोशन कट्टवाल
महासचीवः मिलन कट्टेल
सचीवः राजेन्द्र अधिकारी
कोषाध्यक्षः सरिता घले

सदस्यहरु
देउमान नेम्वाङ (डिएम सुब्बा)
बैकुण्ठ प्रसाद पौडेल
शिवहरि मैनाली (सित्तल)
आनन्द कोईराला
खेमनाथ गौतम
मोहन प्रसाद आचार्य
राजेन्द्र बस्नेत
जनक लाल बास्तोला
स्यामचन्द्र खतिवडा
उमेश महतो

 

    ताजा नतिजा र उनिहरुले प्राप्त गरेको मत यसप्रकार छ ।

क (अध्यक्षः राजेन्द्र भण्डारीले प्राप्त गरेको मत १९९
ख (प्रथम उपाध्यक्षः डिक बहादुर खत्री(कुमार)ले प्राप्त गरेको मत २५३
ग (द्धीतिय उपाध्यक्षः सन्जु गुरुङले प्राप्त गरेको मत२६३
घ (तृतिय उपाध्यक्षः रोशन कट्टवालले प्राप्त गरेको मत १९२
ङ (माहासचीवः मेघनाथ भुर्तेलले प्राप्त गरेको मत २६३
च (सचीवः कर्णराज कट्वालले प्राप्त गरेको मत २४१
छ (कोषाध्यक्षः सरिता घलेले प्राप्त गरेको मत २३८

मेघनाथ भुर्तेल लोकतान्त्रिक समुहवाट निर्वाचित भएका हुन । उनले प्रगतिशील समुहका मिलन कट्टेललाई पराजित गरेका हुन् । भने त्यसैगरी सचीवमा पनि लोकतान्त्रिक समुहवाट कर्णराज कट्वालले राजेन्द्र अधिकारीलाई पराजित गरी सचीव भएका छन् । भाईटल ७ जनाको लागि भएको प्रतिस्पर्धामा प्रगतीशिल समुहवाट ५ जनाले बिजयाी हाशिल गरेका छन् भने दुईजना मात्र लोकतान्त्रिकवाट बिजयी भएका हुन् ।

त्यसैगरी नव निर्वाचित सदस्यहरुले प्राप्त गरेको मत यसप्रकार छ ।

१ राजेन्द्र बस्नेतले प्राप्त गरेको मत २९१
२ बिक्रम श्रेष्ठले प्राप्त गरेको मत २४६
३ देवीमाया थापाले प्राप्त गरेको मत २४५
४ बैकुण्ठ प्रसाद पौडेलले प्राप्त गरेको मत २३२
५ कैलाश पाठकले प्राप्त गरेको मत २३०
६ देउमान नेम्वाङ (डिएम सुब्बा)ले प्राप्त गरेको मत २२४
७ आनन्द कोईरालाले प्राप्त गरेको मत २१८
८ नारायण भुशालले प्राप्त गरेको मत २१७
९ तोरण कुमार कार्कीले प्राप्त गरेको मत २१२
१० चन्द्र बहादुर लिम्बुले प्राप्त गरेको मत २१०
निम्न उल्लेखित मत प्राप्त गरी बिजयी भएकमा छन् ।

सदस्यहरुमा लोकतान्त्रिक समुहको बढी सख्या बिजयी भएका छन् । जस्तै विक्रम श्रेष्ठ, कैलास पाठक, नारायण भुशाल, तोरण कुमार कार्की, चन्द्र बहादुर लिम्बु लोकतान्त्रिक समुहवाट बिजयी हासिल गरेका हुन ।

प्रगतिशील समुहको ४ जना जस्तै राजेन्द्र बस्नेत, बैकुण्ठ पौडेल, देउमान लिम्बु (डिएम सुब्बा) आनन्द कोईरालाले बिजयी हाशिल गरेका छन् ।

त्यसमध्य ईश्वसर जीसि प्यानलवाट एक मात्र प्रतिनिधि महिला देवीमाया थापाले जित हाशिल गरेकी हुन् ।

बिजयीपछि नेपाल बैदेशिक रोजगार व्यवसायी संघका पुर्व महासचीव तथा प्रगतीशिल बैदेशिक रोजगार व्यवसायी मंच नेपालका उम्मेद्धारहरुलाई जिताउन लागेका निर्वाचन परिचालन संयोजक सरोज पोख्रेलले भण्डरी समुहलाई जिताउन अहम भुमिका रहेको थियो । उनले यो भन्दा अगाडी भएको निर्वाचनमा आफुले अध्यक्षमा पराजित भएको घटनालाई पाठको रुपमा ग्रहण गरेर आफ्नो आस्था रहेको टिम र व्यवसायीको हितमा काम गर्ने अवसर सृर्जना गरेका छन् । त्यसैगरी मिडियाको सम्पर्क र सयोजनमा सुवर्ण श्रेष्ठले कुशलतापुर्वक भुमिका निर्वाह गरी टिमलाई परिचालन गर्न सफल भएकी छन् । उनले पार्टीका उच्च पदस्थ देखि मिडियाका साथीहरुलाई समेत आस्था र विचारको भिन्नता नराखी व्यवाहार गरेर प्रचारमा भुमिका खेलेकी हुन् । त्यसैगरी प्रगतिशील बैदेशिक रोजगार व्यवासयी संघका महासचीव टंक राउतको भुमिका पनि त्यतिकै महत्वपुर्ण रहेको थियो । युवा संघका केन्द्रीय सदस्य रोशन श्रेष्ठ, नेकपा (एमाले) पार्टीका महासचीव तथा पुर्वमन्त्री शंखर पोखरेल, स्थाई कमिटी सदस्य तथा पुर्व मन्त्री भानुभक्त ढकाल, केन्द्रीय सदस्य तथा युवा संघका इन्चार्ज तथा पुर्व मन्त्री महेश बस्नेत, सचीव तथा अर्थमन्त्री बिष्णु पौडेल लगायतले प्रगतिशील बैदेशिक रोजगार व्यवसायी मंच नेपालको भण्डारी नेतृत्वको समुहलाई बिजयी गराउन सार्वजानिकस्थालमा नै पुगेर भुमिका निर्वाह गरेका थिए ।

नेकपा (एमाले)को समर्थनमा बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले २९ औ साधरणसभाको खुल्ला शत्रमा उद्घाटन गरेका थिए । लोकतान्त्रिक समुहवाट उम्मेद्धारी दिएका कुमोद खनाल, सोही प्यानलका बागी उम्मेद्धार भुवन गुरुङ, तथा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको सयुक्त उम्मेद्धार भएका डा. ईश्वर जिसी कुनैको पनि केही लागेन । तर मत भने सवैले सम्मान जनक ल्याएका छन् ।

नेपाल बैदेशिक रोजगार व्यवासयी संघको २९ औ साधरणसभावाट नव निर्वाचित सवै पदाधिकारी हार्दिक बधाई तथा सफल कार्यकालको जन आकाश मिडिया प्रा.लिको तर्फवाट पनि शुभकामना ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend