logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

को को बनेका छन् हेर्नुस्


  • जन आकाश
  • शनिबार, माघ ७ २०७९

काठमाडौ । २०७९ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात बनेका प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन्। उनले माघ ३ गते सत्तागठबन्धन दल एमाले , माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नयाँ मन्त्री विस्तार गरेका हुन्।



दाहालले एमालेबाट ३ मन्त्री , माओवादी केन्द्रबाट ३ मन्त्री र १ राज्यमन्त्री,राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ मन्त्री र १ राज्यमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ मन्त्री र १ राज्यमन्त्री गरी कुल ११ मन्त्री र २ राज्यमन्त्री विस्तार गरेका हुन्।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएसकेका छन्।

नियुक्त भएका नयाँ मन्त्रीहरुमा राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री भएका छन्। राप्रपाबाटै ध्रुबबहादुर प्रधान कानून मन्त्री र बिक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन्।

नेकपा एमालेबाट रक्षामन्त्री हरि उप्रेती, परराष्ट्र विमला राई पौडेल, स्वास्थ्य मन्त्रीमा पदम गिरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्री, उद्योग मन्त्रीमा दामोदर भण्डारी भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रम मन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन्। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराती संस्कृति, पर्यटन मन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका छन्।

यसअघि गत पुस ११ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा भौतिक योजना मन्त्री बनाएका थिए। साथै एमाले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान र अर्थमन्त्री तथा राष्ट्रिय जनमत पार्टीका अब्दुल खान पनि मन्त्री भईसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend