जन आकाश
काठमाडौं । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगर तर्फ जाँदै गरेको बा ०१०२६च ९२१३ नंम्बरको डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर ११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो ।
दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर( ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका (५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका (५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका (३ का ३६ वर्षीय राजेन्द्र बि .सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।
दुर्घटनापछि प्रहरीले उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याइएको थियो । अस्पतालमा तीन जनाको चिकित्सकले मृत घोषणा गरेका थिए । भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले बताए । गाडी सडकबाट ७० /८० मिटर तल खसेको थियो । गाडीमा पाँच जना सावार थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend