logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सूर्य ज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोवार फुकुवा


  • जन आकाश
  • बिहिबार, माघ १२ २०७९

कााठमाडौ । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा दुबै कम्पनी बिच अन्तिम सम्झौता भई दुबै कम्पनीको बार्षिक साधारणसभाबाट पारित भए पश्चात नियमनकारी निकायहरुबाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. लाई सूर्यालाइफ इन्स्योरेन्स कम्पनी लि. मा गाभ्न स्विकृति प्राप्त भएबमोजिम मिति २०७९ पौष ०७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोवार संचालन भएको छ ।



साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी बिचको मर्जर प्रक्रियाका क्रममा मिति २०७९/३/१३ का दिनदेखि रोक्का रहेको शेयर कारोवार मर्जर सम्पन्न भई एकिकृत कारोवार संचालन भईसकेको हुँदा शेयर सुचिकरण सम्बन्धी सम्पूर्ण प्रक्रिया पुराभई सकेको र यहि मिति २०७९ माघ ११ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्व्ीक्ष्ऋ को नामबाट शेयर कारोवार सुचारु भएको छ । नेपाल स्टकएक्सचेन्जले ओपनिङ्ग प्राईस ३७१.५९ रुपयाँ तोकेको छ ।

साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को शेयर संरचना संस्थापक समुह अन्तर्गत ७० प्रतिशत तथा सर्वसाधारण समुह अन्तर्गत ३० प्रतिशत रहेकोमा कम्पनीको साधारणसभाबाट निर्णय भई नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त भए अनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१) मा रहेको ब्यवस्था बमोजिम यअप–क्ष्लएभचष्यम यथावत रहने गरी कम्पनीको पूँजी संरचना संस्थापक समुह अन्तर्गत ५१ प्रतिशत तथा सर्वसाधारण समुह अन्तर्गत ४९ प्रतिशत रहनेगरी अभिलेख भएको कम्पनीले जानकारी दिएको छ ।

साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. रज्योति लाइप mइन्स्योरेन्स कम्पनी लि. को मर्जर हुँदा शेयर स्वाप अनुपात १००ः ०.८२४५ अर्थात साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १ कित्ता शेयर बराबर १ कित्ता र साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. १ कित्ता शेयर बराबर ०.८२४५ कित्ता कायम हुन गएको हुँदा सोही बमोजिम शेयरधनीहरुको नाममा शेयर कित्ता कायम भएको ब्यहोरा कम्पनीले जानकारी गराएको छ ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स बिच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आईएसओ ९००१ः२०१५ बाट सम्मानित भैसकेको छ । हाल कम्पनिको चु्क्तापूँजी रु ४.५४ अर्ब रहको र कम्पनिले देशभर रहेका १८१ शाखा कार्यालयहरुबाट आफ्ना सेवाग्राहिहरुलाई सेवा प्रदान गर्दै आएको कम्पनीले उल्लेख गर्ने गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend