जन आकाश
काठमाडौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले २०७९ माघ ६ गते देखी ८ गतेसम्म मधेश प्रदेशको बिरगंजस्थित होटल क्लार्करिसोर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
तोकिएको बीमा शुल्क संकलन गरी नेपालभरबाट योग्य हुनु भएका १२६ जना अभिकर्ताहरुको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिपप्रज्वलन गर्नु हुँदै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा सहभागि हुनु भएका अभिकर्ताहरुलाई अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले वहाँहरुको व्यवसायिक दक्षता अभिवृद्धि गराउने उदेश्यले व्यक्तित्व विकास सम्वन्धमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा नयाँ बीमा ऐन २०७९ ले अभिकर्ताहरुबारे गरेको कानुनी व्यवस्था सम्वन्धमा र अभिकर्ता इजाजत पत्र आवेदन सम्वन्धमा गरेको व्यवस्थाका बारेमा विस्तृत जानकारी गराइएको थियो । समारोहमा प्रमुख कार्यकारी अधिकृत कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउनु हुँदै अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता व्यक्त गर्नु भयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend