logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सरस्वती पूजा गर्न मन्दिरमा मानिसहरुको भीड


  • जन आकाश
  • बिहिबार, माघ १२ २०७९

 



काठमाडौँ । आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजा गरी मनाइन्छ । वसन्त ऋतु शुरु भएसँगै यस पर्व आउने भएकाले वसन्त पञ्चमीको नामले समेत आजको दिनलाई पुकार्ने गरिन्छ । आज सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने जनविश्वास रहि आएको छ । आज देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भीड लाग्ने गरेको छ ।

काठमाडौं उपत्यकाका लगायत अन्य जिल्लामा रहेका सरस्वतीका मठ, मन्दिरमा पूजा गर्न भक्तजन र विद्यार्थीको घुइँचो लागेको छ । स्वयम्भुनाथ र गैरीधारास्थित नील सरस्वतीमा अक्षरारम्भका लागि बालबालिकाहरु सहित आफन्तजनको भीड छ । विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि रहेको छ ।

आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास रही आएको छ । बिध्याको भण्डारण भनेर सरस्वती मातालाई चिनिन्ने  गरिन्छ । तेसैले आजाको दिन सरस्वतीको पूजा गरेमा बिध्याको भण्डारण मिल्ने पनि विश्वास छ । काठमाडौ उपत्यका लगायत अन्य जिल्लाका बिधालयहरुमा विभिन्न किसिमका कार्यक्रम गदै सरस्वती पूजा मनाइदै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend