जन आकाश
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा आइतबार गएको प्रतिनिधिमण्डलले आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई भेटी निर्माण उद्योगको पछिल्लो समस्या र समाधानका उपायबारे अवगत गराएको छ ।
मन्त्री किरातीसँगको भेटमा अध्यक्ष सिंहले
निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिम बीस प्रतिशत मोबिलाइजेशन पेश्की व्यवसायीले पाउनु पर्ने बताएका थिए ।
व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा सप्लाई चेनमै गम्भीर समस्या देखिएको प्रति अध्यक्ष सिंहले मन्त्री किरातीको ध्यानाकर्षण गराएका हुन । निर्माणाधीन आयोजनाहरू सम्पन्न भएपछि मात्र नयाँ आयोजनाको ठेक्का लगाउन उपयुक्त हुने सुझाव पनि अध्यक्ष सिंहले दिए। जावफमा मन्त्री किरातीले व्यवसायीहरूका समस्याबारे आफूले विगतमा संसदमै आवाज उठाएको स्मरण गराउँदै ठाउँ विशेषमा आवश्यक्ता भन्दा बढीका परियोजना पुग्दा पनि समस्या आएको बताए।
महासंघ प्रतिनिधिमण्डलले मन्त्री किरातीको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ । महासंघ प्रतिनिधिमण्डलमा महासंघ अध्यक्ष रवि सिंह, सल्लाहकार निकोलस पाण्डे, महासचिव रोशन दाहाल, महासंघ कार्य समिति सदस्य दानबहादुर खड्का र कार्यालय प्रमुख प्रेमसिंह ऐर रहेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend