logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक


  • जन आकाश
  • सोमबार, माघ १६ २०७९

 



कााठमाडौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ । कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गर्नु भएको छ ।

सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाश क्रमसंग आफ्ना आदरणीय ग्राहक तथा अभिकर्ता महानुभावहरुलाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अभियान संचालनमा ल्याइएको हो ।

यस माघ महिना भरि बीमा शुल्कको नविकरण अनलाईन माध्यमबाट भुक्तानी गर्ने ग्राहक महानुभावहरुलाई विभिन्न उपहारको समेत व्यवस्था गरिएको कुरा कम्पनीले जनाएको छ । भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नविकरण शुल्क भुक्तानी गर्ने मध्येबाट हरेक हप्ता एक जना भाग्य शाली विजेतालाई भबचदगमक प्रदान गरिने छ । त्यसै गरि पहिलो पटक खल्तीको प्रयोग गरी बीमा शुल्कको नविकरण गर्ने सम्पूर्ण महानुभावहरुलाई रू १०० क्यास व्याक प्रदान गरिने कुरा समेत कम्पनीले जनाएको छ ।

प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पाद नगर्न अब्बल रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा शुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई(सेवा, खल्ती, फोन(पे) कनेक्ट आइ.पी.एस, आई एम ई(पे) र प्रभु(पे) संग सम्झौता गरेको छ । यस कम्पनीका ग्राहकहरुले घरै बसीबसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नुहुन्छ ।कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार समेत सुरक्षित हुने विश्वास व्यक्त गर्नु भयो ।

आगामी दिनमा कम्पनीलाई झन् प्रविधि मैत्री बनाई ग्राहक महानुभावहरुलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको कुरा समेत पराजुलीले बताउनु भयो । २०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १४९.७६ अर्ब रुपैयाँ रहेको छ । भने जीवन बीमा कोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयर धनी कोष ११ अर्ब ३ करोड  भन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend