जन आकाश
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशन टीआईले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । जस अनुसार डेनमार्क सूचकाङ्कमा सबैभन्दा धेरै ९० अङ्क पाएर सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ । भने नेपाल जम्मा ३४ अङ्क पाएर भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा परेको छ ।
टीआईका अनुसार अघिल्लो वर्ष नेपालको स्थान ११७ औँ स्थानमा रहेकामा यो वर्ष केही सुधार भएपनि भ्रष्टाचार हुने मुलुकहरूको श्रेणीमै कायम रहेको टीआई नेपालले मंगलबार जारी गरेको रिपोर्टमा उल्लेख छ ।
सीपीआई २०२२ मा दक्षिण एशियाली राष्ट्रहरू मध्ये भुटानले ६८ अङ्क (२५ औँ), मालदिभ्सले ४० अङ्क( ८५ औँ,) भारतले ४० अङ्क( ८५ औँ,) श्रीलङ्काले ३६ अङ्क ( १०१ औं), नेपालले ३४अङ्क( ११० औं), पाकिस्तानले २७अङ्क (१४० औ) बङ्गलादेशले २५अङ् ( १४७ औ) र अफगानिस्तानले २४अङ्क ( १५० औं) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४५ अङ्क ( ६५ औँ) प्राप्त गरेको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मुलुकमा भ्रष्टाचार गम्भिर समस्याको रुपमा रहेको उल्लेख गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend