जन आकाश
रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका अन्र्तगतका विद्यालयहरुका व्यवस्थापन समिति, शिक्षकहरुलाई शिक्षा सिकाई र व्यवस्थापन सम्बन्धि दुईदिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । यहि १७ र १८ गते गोकुलगंगा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको सहजिकरणमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि गाउपालिका अध्यक्ष काजी बहादुर खड्का रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी प्रक्षार्थीहरुलाई शिक्षा विद प्राध्यापक डा.बिद्यानाथ कोईरालाले बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष ,सक्रिय महिला सदस्य र प्रधानाध्यापकहरुको लागि २ दिने प्रशिक्षण तालिम दिनुभएको थियो ।
गोकुलगंगा गाउँपालिकाले ब्यक्तिगत घटना दर्ता, नागरिकता सिफारिश तथा राष्ट्रिय परिचय पत्र सम्बन्धि १ दिने अनुशिक्षण माघ १४ गते गरेको थियो । त्यस्तै आलु जोन क्षेत्रमा प्रधानमन्त्री कृषि परियोजना रामेछापको सहयोगमा पालिका अध्यक्ष खड्काले ट्याक्टर वितरण गर्नुभएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend