जन आकाश
काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्ड बाहेक ग्राहकहरुलाई थप सेवा दिनका ठमाडौंको बसुन्धरामा रहेको चरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थान (Chirayu National Hospital and Medical Institute) सँग विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड बाहेक ग्राहकहरुले चिरायू नेशनल अस्पतालमा विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म विशेष छुट पाउन सक्नेछन् । बैंकको यस सहकार्यबाट बैंकका ग्राहक वर्गहरु लाभान्वित हुने र स्वास्थ्य उपचारमा पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको( ATM Card )प्रयोग गरी नेपालभरी रहेको ( VISA Network ) मा आवद्ध अन्य जुनसुकै बैंकको (ATM Machine ) बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड ,मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend