logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

दोलखाको कटुवाचौर बजारमा आगलागी


  • जन आकाश
  • बिहिबार, माघ १९ २०७९

काठमाडौ । दोलखाको कटुवाचौर बजारमा आगलागी ९ घर जलेर नष्ट भएको छ । गएराति कालिन्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा  आगलागीमा परी ९ घर जलेर पुर्णरुपमा नष्ट भएको कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए ।



आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाई, दुर्गा दाहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्र बहादुर ओली, गोपिलाल थामी, राम बहादुर थामीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको आशङ्का गरिए पनि आगलागीको यकिन कारण खुल्न सकेको छैन । सदरमुकाम चरिकोटबाट खटिएको प्रहरी सशस्त्र, दमकल सहितको टोली आगो नियन्त्रण गर्न समेत पुगेको छ । स्थानीयका अनुसार आगलागीका कारण लाखौँको क्षति हुनुका साथै पशु चौपाया पनि मरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend