logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

साइकल यात्रा सँगै रक्त्तदान गदै सन्तोष


  • जन आकाश
  • शुक्रबार, माघ २० २०७९

 



काठमाडौ । बाताबरण संमक्षणमा जनचेतना जगाउने उदेश्य सहित मोरड जिल्ला उलाबारी नगरपालिका बडा न ३ मङलबारेमा युवा सन्तोष गिरीले मेचि महाकाली साईकल यात्रा पुरा गरेका छन् । झण्डै एक महिनामा साइकल यात्रा पुरा गरेको सन्तोषको टिमले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्य समेत राखेको थियो ।

मानवता बचाउँ भन्ने अभियानसाथ जहाँ जहाँ साईल यात्रमा पुगे त्यहाँ त्याहाँको स्थानिय निकाय, स्थानिय संघ संस्थाको सम्न्वयमा रक्तदान कार्यक्रमको पनि आयोजना गरे । जसलाई नेपाल रेडक्रस सोसाईटीले पनि सहयोग गरेको थियो । सन्तोषको टोली बिश्व साईकल यात्री अजित बराल अनि सन्देश सुबेदीको टोलीले साईकल यात्रा गरेको हो । सूचना प्रबिधीका बिधार्थी रहेका सन्तोषले हेराल्ड कलेज, नक्साल बाट आईटीमा स्नातक समेत गरेका छन् ।

नेपालमा विभिन्न भौगोलिक, राजनीतिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई प्रर्वदन गर्ने साईकल यात्रा उदेश्य रहेको सन्तोषको भनाई छ । मेची महाकाली साईकल यात्राको सफलता पछि पनि सन्तोषले आई डेर नो ड्रग भन्ने कार्यक्रममा सहभागि हुन् । काठमाडौ देखि पोखरा सम्म साईकल यात्रा गरे त्यस्तै सेभ ग्लोबल वामिङ भन्दै काठमाडौ चितवन हुदै हेटौडा सम्म साईकल मै पुगे र बीच बीचमा बृक्षारोपण समेत गरे । सन्तोषले बाताबरण संरक्षणको लागि भन्दै काठमाडौबाट बनेपा काशिभञ्जयाङ सम्म साईकल यात्रा गरेर दर्जनौ बिरुवा रोपे सो क्रममा निम एभोकार्डो, बर,पिपल लगायतका बिरुवा रोपे ।

आन्तरिक पर्यटन प्रवद्र्धनमा साईकल पर्यटनको विकाश गर्ने सन्देश दिन पनि साईकल यात्रा गर्ने गरेको सन्तोषको भनाई छ । नेपालमा साईकल चलाउनेहरुलाई गरिव हो भनेर सोच्नु वा आर्थिक हैसित कमजोर भएकाहरुले मात्रै साईकल चलाउँछन् “भन्ने चिन्तन रहनु गलत बुझाई भएको सन्तोषको भनाई छ ।

समाजको लागि केही गर्नु पर्छ भन्ने हुटहुटी भएका सन्तोषले जव अजित बराल भटे त्यसपछि उनलाई साईकल यात्राको माध्यमबाट पनि समाजलाई सकारात्मक सन्देश प्रबाह गर्न सकिने ठानेर साईकल यात्रामा जुटेको बताए । मेची महाकाली साईकल यात्राको क्रममा सन्तोषको टिमले साईकल यात्रा मात्र गरेन स्थानीय संघ संस्था र रेडक्रस्रको सहयोगमा एक दर्जन भन्दा बढी स्थानमा रक्त्तदान कार्यक्रमको आयोजना गरी ५५८ युनिट रगत जम्मा गरे । जुन संकलित रगत बाट सयौको जीवन समेत बचाउन सकिएको सन्तोषको भनाई छ ।

यात्राका क्रममा उनीहरुले विर्तामोड, दमक, उर्लाबारी, धरान, जनकपुर, हेटौडा, बुटवल, कपिलवस्तु, दाङ, तुल्सीपुर, नेपालगञ्ज, महेन्द्रनगर लगायतका विभिन्न शहरमा रक्तदान कार्यक्रम गरेका थिए दुर्घटनामा रगतको अभावमा धैरेले  ज्यान गुमाएका कुरालाई मध्यनजर गदै रक्तदान कार्यक्रमलाई पनि साईकल यात्रा सँगै जोडेर लगेको सन्तोषको भनाई छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend