जन आकाश
काठमाडौ । इण्टिलेक्चुअल ग्रोथ नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने “ब्रान्च मेनेजर कन्फ्रेन्स र कोट स्थित होटल मिस्टिक माउण्टेनमा सम्पन्न गरेको छ । कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसाय संग सम्वन्धित वर्तमान पाटोबारे विवेचना गरी चालु आ.व.को बाँकी अवधिको व्यवसायिक खाका कोर्ने उदेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।
विभागिय प्रमुख तथा देशैभरीबाट शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको उक्त सम्मेलनको समुद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासील गरी बीमा बजारमा अग्र स्थानमा पु¥याउन हामी सबैले आ– आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नु पर्ने सुझाव दिनु भएको थियो ।
यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा ऐन २०७९ ले व्यवस्था गरेका बिषयहरुमा प्रस्तुती दिनु हुँदै नयाँ बीमा ऐन २०७९ जारी भएपछि प्राधिकरणले बीमा संग सम्वन्धित हरेक विषयलाई कानुनी रुपमा नै नियमन गर्न सक्ने फराकिलो दायरा तय भएको बारेमा विस्तृत जानकारी गराउनु भएको थियो ।
उपस्थित शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरुलाई कम्पनीका सहायक महा्प्रवन्धक प्रज्वल सायमीले केन्द्रिय कार्यालयबाट सम्पन्न गरिने विभागिय काम कावाहीमा शाखा कार्यालयको भूमिकाका बारेमा प्रस्तती दिनु भएको थियो । यसैगरी सम्मेलनमा सहभागि कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले व्यवसायिक दक्षता अभिवृद्धि गराउने उदेश्यले व्यतित्व विकास सम्वन्धमा र प्रोडक्ट मिक्सिङका प्राविधिक पक्षहरुको बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend