logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

इमर्जिङ्ग नेपालको सातौं वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • शुक्रबार, माघ २० २०७९

 



काठमाडौ । इमर्जिङ्ग नेपालको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा बिहीबार सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको  इमर्जिङ्ग नेपाल लिमिटेडका वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व. २०७८/७९ को वार्षिक आर्थिक विवरण, कम्पनीको सहायक कम्पनी“होटल एलिस द वोण्डर इन लि.” को आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गरेको छ ।

साथै, कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखा परीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक सर्वसहमतिले पारित गरेको छ । सभाले सर्वसाधारण शेयर धनीहरुको तर्फबाट कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकमा विकास सिल्वाललाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend