logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर


  • जन आकाश
  • मंगलबार, माघ २४ २०७९

 



 

काठमाडौँ । आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउनुहुनेछ ।

२०७९ साल श्रावण २७ गतेदेखि भाद्र १० गतेसम्म जम्मा दुई हप्ताका लागि कायम यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन जित्नु हुनेछ ।

आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय ३० आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव ३५ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो,छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ।आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

आइएमई डिजिटलले आईएमई पे’ ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ, र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् भिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर (QR) मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend