logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेशनल लाइफ इन्स्योरेन्सद्वारा २३ लाख बराबर पूर्ण अशक्तताको दावी भूक्तानी


  • जन आकाश
  • बुधबार, माघ २५ २०७९

काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाण्डू शाखा घण्टाघरद्वारा बिक्कि गिरीलाइ पूर्ण अशक्तता दावी बापतको २३ लाख ८७ हजार ६६० रुपैयाँ भुक्तानी गरेको छ ।



बर्दिबास स्थायी ठेगाना भइ बानेश्वरमा बसोबास गर्दै आइरहेका गिरीलाई अकस्मात दुवै मृगौलाले काम गर्न छोडेर पूर्ण असक्त भएको हुनाले कम्पनीका काठमाण्डू शाखा प्रमुख जयराम धितालद्वारा उनको निवासमै एक सामान्य कार्यक्रमको बीचमा चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेशनल लाइफ़ इन्स्योरेन्सका शाखा प्रमुख जयराम धितालद्वारा बीमाको आवश्यकता र महत्वका बारेमा प्रकाश पारिएको थियो । कार्यक्रममा बोल्दै शाखा प्रमुख जयराम धितालले कर्म र भाग्य बीचमा अन्योन्याश्रित सम्बन्ध रहने बताउँदै बिक्कि गिरीले समयमै जीवन बीमा गर्ने सुकर्म गरेका हुनाले जोखिमको अवस्थामा राहत प्राप्त गर्न सफल भएको बताउँदै सवैले आफ्नो हैसियत अनुसारको बीमा पोलिसी खरिद गर्नुपर्ने कुरामा जोड दिंनु का साथै जीवनको पलपलमा जोखिम रहेको हुनाले जोखिम हस्तान्तरण गरि सुनिश्चित भविष्य निर्माण गर्न र नियमित बचतका लागि पनि बीमाको महत्वका बारेमा प्रकाश पार्दै बीमित गिरीको पूर्ण र सिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।

कार्यक्रममा बीमितकी आमा साबित्री गिरीले आफ्नो ३४ वर्षिय छोराको अकल्पनीय रुपमा दुवै मृगौलाले काम गर्न नसक्ने अवस्थामा परिवार कसरी चलाउनु का साथौ महंगो उपचार प्रकृयालाइ निरंतरता दिने भनेर पिरलो परेको अवस्थामा नेशनल लाइफ इन्स्योरेन्सले पूर्ण अशक्तता बापतको यति ठूलो राहत प्रदान गरिदिएर अभिभावकीय दायित्व निर्वाह गरिदिएकोमा अत्यन्त सुरक्षित महशुष भएको बताउँदै कम्पनीलाई धन्यवाद ब्यक्त गरेकी छन् ।

बिमित गिरीले २ बर्ष अघि नेशनल लाइफ इन्स्योरेन्सको २५ लाखको अमृत श्री आजिवन बिमालेख खरिद गरेका थिए । उक्त कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्सका मार्केटिंग अफिसर सुजित शर्मा तथा एजेन्सि म्यानेजर सुमन श्रेष्ठको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend