logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सम्पन्न


  • जन आकाश
  • बुधबार, माघ २५ २०७९

 



काठमाडौ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने रिक्त एक पदका लागि मिति २०७९÷१०÷२५ मा लुम्बिनी प्रदेशको दाङमा उपनिर्वाचन शान्ति पूर्णरूपमा सम्पन्न भएको छ । उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट उम्मेदवार रहनु भएका कुमार दसौदी ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार रहेका माधव प्रसाद आचार्यले ३ हजार ७२० मतभार प्राप्त गरी उप विजेता भएका छन् । यसैगरी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवार रहेका राजेन्द्र वीर रायले १४४ मतभार प्राप्त गरेका छन् ।
उक्त् उपनिर्वाचनमा लुम्बिनी प्रदेश भित्र रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख २१८ जना र प्रदेश सभाका सदस्य ८७ जना गरी जम्मा ३०५ जना मतदाता रहेका छन् ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख २१७ जना मतदाता र प्रदेश सभाका सदस्य तर्फ ८७ जना मतदाताले मतदान गरेका थिए ।

नर्वाचन प्रणालीमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार प्रति मतदाता १८ र प्रदेश सभा सदस्यको मतभार प्रति मतदाता ४८ मतभार रहने व्यवस्था छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend