जन आकाश
काठमाडौ। सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडकोे प्रति शेयर रु.१०० अङ्कित दरको ८,०२,५०० कित्ता शेयर आयोजना प्रभावित ओखलङ्गा जिल्लाका बासिन्दाहरुको निम्ति मति २०७९/०९/१९ देखि २०७९/१०/१५ गते सम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा ५,६५३ जना आवेदकहरुबाट जम्मा ९,७३,२५० कित्ताको लागि आवेदन प्राप्त भएको र मिति २०७९/१०/२४ गते उक्त शेयरहरु बाँडफाँड गरिएको जानकारी गराइन्छ ।
क. मोलुङ्ग गाँउपालिकाको वडा नं. १ देखि ८ सम्मका बासिन्दाहरुको लागि बाँडफाँड गर्दा कूल १,९२७ जना आवेदकहरुबाट ४,२२,४५० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि ८०० कित्ता माग गर्ने १,८०७ जना आवेदकहरुलाई माग बमोजिम र ९०० कित्ता देखि १,००० कित्ता माग गर्ने १२० जना आवेदकहरुलाई ८२० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ ।
ख. सुनकोशी गाउँपालिका वडा नं.१ देखि १० सम्मका बासिन्दाहरुको लागि बाँडफाँड गर्दा कूल १,५८१ जना आवेदकहरु मार्फत २,५२,८९० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि ३३० कित्ता माग गर्ने १,४०७ जना आवेदकहरुलाई माग बमोजिम, ३५० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने १७४ आवेदकहरुलाई ३३० कित्ता शेयर बाँडफाँड गरिएको छ ।
साथै बाँकी रहेको ८८५ कित्ता शेयर ३५० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने १७४ जना आवेदकहरुलाई गोलाप्रथाबाट थप १०/१० कित्ताका दरले ८८ जना सफल आवेदकहरुलाई ८८० कित्तासाथै बाँकी बचेको ५ कित्ता शेयर पुन ३५० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने १७४ जना गोला प्रथाबाट थप १ /१ कित्ताका दरले ५ जना सफल आवेदकहरुलाई बाँडफाँड गरिएको छ ।
ग. सिद्दिचरण नगरपालिका वडा नं. १ देखि १२ सम्मका बासिन्दाहरुबाटको लागि बाँडफाँड गर्दा कूल २,११२ जना आवेदकहरु मार्फत २,९५,३७० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि १७० कित्ता माग गर्ने १,६५२ जना आवेदकहरुलाई माग बमोजिम, १८० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने ४६० जना आवेदकहरुलाई १८० कित्ता शेयर बाँडफाँड गरिएको छ । ।
बाँकी रहेको ३,९२५ कित्ता शेयर १९० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने ४६० जना आवेदकहरुलाई गोलाप्रथाबार्ट १०/१० कित्ताका दरले ३९२ जना सफल आवेदकहरुलाई ३,९२० कित्ता बिाँडफाँड गरियो । साथै बाँकी बचेको ५ कित्ता शेयर पुन १९० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने ४६० जना आवेदकहरुलाई गोलाप्रथाबाट१ /१ कित्ताका दरले ५ जना सफल आवेदकहरुलाई बाँडफाँड गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend